Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कालोबजारी गर्ने ब्यवसायि पक्राउ

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, समाचार
0
कालोबजारी गर्ने ब्यवसायि पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

६ कार्तिक, रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा रहेको रामेछाप विमानस्थल क्षेत्रमा पसल तथा होटल सञ्चालनको नाममा कालोबजारी गर्ने ब्यवसायिहरुलाई जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरीले पक्राउ गरेको छ ।
विमानस्थल क्षेत्रमा ब्यवसाय सञ्चालन गरि उपभोक्तलाई ठगि गर्ने ब्यवसायिलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा टेकर्स ट्रान्जिट क्याफेका सञ्चालन पासाङ ल्हामू शेर्पा र एभरेष्ट गेटवे मिनीमाट सञ्चालक जयकृष्ण अधिकारी रहेका छन् ।
क्याफे सञ्चालक शेर्पाले चियाको १ सय रुपैयाँ, फ्राइगरेको एक प्याकेट चाउचाउँको ३ सय ५० रुपैयाँ, बोतलमै ३० रुपैयाँ मूल्य छापिएको पानी ८० रुपैयाँमा बिक्री गरेको, सादा खानाको ५ सय रुपैयाँसम्म लिएको र मदीरा तथा चिसो पेय पदार्थमा पनि खरिद मूल्य भन्दा ४ गुनासम्म बढि मूल्य लिएको पाइएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ । मन्थलीमा सादा खानाको मूल्य १ सय ५० रुपैयाँ रहेको छ भने चिया अधिकतम २५ रुपैयाँसम्म रहेको छ ।
त्यसैगरी मिनीमार्ट सञ्चालक अधिकारीले पनि उत्पादक कम्पनीले निर्धारण गरेको बिक्री मूल्यभन्दा ४ गुनासम्म बढि मूल्यमा बिक्री गरेको पाइएको थियो ।
ड्राइपूmडमा उत्पादक कम्पनीले छापेको मूल्यलाई छोपेर ब्यापारी आपैmले ४ गुनासम्म बढी मूल्यको स्टिकर टाँसेर विदेशी तथा स्वदेशी पर्यटकमाथि ठगि गरिरहेको फेला परेको हो ।
४ सय रुपैयाँ पर्ने विस्कुट ८ सय ५० रुपैयाँमा र ६० रुपैयाँको बिस्कुटलाई ३ सय ५० रुपैयाँसम्मा बिक्री गरेको पाइएको छ । एयरपोर्ट क्षेत्रका ब्यवसायिहरुले ठगी धन्दा चलाएको गुनासो आएपछि जिल्ल प्रशासन कार्यालय रामेछापले अनुगमन गर्ने क्रममा त्यस क्षेत्रका होटल तथा ब्यापारीहरुले प्रत्येक बस्तुमा निर्धारीत मूल्य भन्दा चौबर बढी मूल्यमा बिक्री गरिरहेको पाइएपछि उनीहरुलाई कालोबाजारी ऐन अन्तर्गत पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
ब्यवसायिहरुलाई पटक–पटक सचेतना दिंदा पनि उपभोक्तामाथि गठी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । कालोबाजारी ऐन अन्तर्गत २ लाख ५० हजार रुपैयाँसम्म जरिवा वा १ वर्ष जेल सजाय वा दुई सजाय गर्नसक्ने कानूनी ब्यवस्था छ ।

साभारःहाम्रो अनलाईन न्युज

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

दशैंमा नबिकेका च्याङ्ग्राको सरकारले मूल्य घटायो

Next Post

भारतीय नक्सा प्रकरणमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

Next Post
भारतीय नक्सा प्रकरणमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

भारतीय नक्सा प्रकरणमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.