Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपा स्थायी कमिटी बैठक एमसीसीमा स्पष्टता माग

Milan Ghimire by Milan Ghimire
December 22, 2019
in जनता स्पेसल, समाचार
0
नेकपा स्थायी कमिटी बैठक एमसीसीमा स्पष्टता माग

g]skf :yfoL sld6L a}7s g]kfn sDo'lgi6 kf6L{ s]Gb|Lo sfof{no w"djf/fxLdf zlgaf/ k|wfgdGqL tyf kf6L{sf cWoIf s]kL zdf{ cf]nLsf] cWoIftfdf a;]sf] :yfoL sld6Lsf] a}7s . tl:a/ M k|bLk/fh jGt,/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुस ६,

काठमाण्डौ – इण्डो प्यासेफिक रणनीतिअन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी ले नेपाललाई सहयोग उपलब्ध गराएको हो वा होइन निर्क्योल गरेर अघि बढ्न सत्तारुढ दलका नेताहरुले माग गरेका छन् ।

६ दिनदेखि जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि बहस गर्दै स्थायी कमिटी सदस्यहरुले एमसीसी भौतिक पूर्वाधार विकाससम्बन्धी कार्यक्रम भए त्यसलाई स्वीकार गरेर जानुपर्ने र संघीय संसद्बाट अनुमोदन गर्नुपर्ने, अन्यथा स्वीकार गर्न नहुने तर्क गरेका थिए ।

बैठकमा एमसीसीका बारेमा नेकपा नेताहरुकै शब्दमा ‘तातो बहस’ भएको थियो । एमसीसीका विस्तृत विषयवस्तु र सम्झौताका केही बुँदामा थप प्रष्ट्याउन जरुरी भएकाले नेतृत्वको मतैक्यतासहितको निर्देशन वाञ्छनीय हुने धारणा व्यक्त भएका थिए । एमसीसी कुनै पनि राष्ट्रको रणनीति नभइ नेपालको भौतिक पूर्वाधार विकासको रणनीति भने भएको अभिमतसमेत बैठकमा प्रकट भएको थियो ।

बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी इण्डोप्यासेफिक रणनीतिअन्तर्गतको कार्यक्रम हो वा होइन भन्ने विषयमा स्पष्टसँग बुझेर मात्रै उपयुक्त निर्णय गरिने विश्वास दिलाउनुभएको थियो । उहाँले त्यसबारेमा आइतबार बस्ने बैठकमा थप स्पष्ट पार्ने बताउनुभएको थियो ।

परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले एमसीसी भौतिक पूर्वाधार आर्थिक सहायतासम्बन्धी कार्यक्रम भएको र कुनै रणनीतिमा सामेल नभएको बैठकमा अभिमत राख्नुभएको थियो । तर नेताहरुले थप प्रष्टताको माग गरेपछि आइतबार निर्णय गर्नेगरी स्थायी कमिटीको बैठक स्थगित भयो ।

नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले एमसीसी इण्डोप्यासेफिक रणनीतिअन्तर्गतको कार्यक्रम हो वा होइन भन्ने विषयमा प्रष्टताको जरुरी रहेको भन्दै बैठकमा नेताहरुले आ(आफ्नो अभिमत प्रकट गर्नुभएको जानकारी दिनुभएको थियो । ुएमसीसीका केही बुँदामा सरकार र पार्टी नेतृत्वले स्पष्ट पार्नुपर्छ भन्ने विषयमा कुरा उठेको छु, नेता पौडेलले भन्नुभयो ।

एसिया प्रशान्त क्षेत्रको गरिबी र पछौटेपनलाई हटाउँदै, भौतिक पूर्वाधारको विकास गर्ने र सम्पर्क सञ्जालको विस्तार गर्ने लक्ष्यका साथ नेपालमा पनि एमसीसी नेपालमार्फत ६४ अर्ब रुपैयाँको परियोजना अगाडि बढेको छ । त्यसमा विशेषगरी काठमाण्डौको नाङ्गलेभारेदेखि नुवाकोटको रातमाटे, तनहुँ हुँदै बुटवलसम्म जोड्ने ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने भएको छ । यस्तै केही रणनीतिक महत्वका केही सडक सञ्जालको विस्तार तथा मर्मतसमेत यो कार्यक्रममा समेटिएको छ ।

कार्यक्रमको प्रमुख शर्तका रुपमा भने काम सुरु भएको पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । कार्यक्रम आर्थिक सहायता मात्रै हो वा अरु रणनीतिक विषयसँग पनि जोडिएका विषय हुन् वा होइनन् भन्नेबारेमा हामी सबै स्पष्ट हुनुपर्छ भन्नेमा विचार व्यक्त भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिनुभयो ।

कार्यक्रममा खर्च हुने नेपाल सरकारको बजेटमाथि महालेखापरीक्षकले लेखापरीक्षण गर्न नपाउने जस्ता विषयसमेत समेटिएकाले त्यस्ता विषयमा स्पष्ट हुन खोजेको नेता पन्तको भनाइ छ ।

नेपालको संविधानले राजनीतिक एवं कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने भन्ने विषय स्पष्ट पारेको र नेपालको परराष्ट्र नीतिले पनि त्यही अवधारणालाई आत्मसात् गरेकाले एमसीसी यो मूल्यमान्यताभन्दा बाहिर छ कि भित्र भन्नेमा प्रष्टता जरुरी रहेको नेता पन्तले उल्लेख गर्नुभयो ।

नेपालको संविधान, कानुनभित्र रहेर एमसीसीलाई काम गर्न दिनुपर्ने र त्यही आधारमा स्वीकार गर्नुपर्नेमा नेकपा नेताहरुको जोड छ । बैठकपछि स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भन्नुभयो, ुनितान्त आर्थिक सहायता हो भने त्यसमा कुनै प्रष्टताको जरुरी रहेन । त्यसबाहेक अन्य विषय पनि हो र त्यसमा आकर्षित हुन्छ भने स्पष्ट हुनु जरुरी छ ।ु संविधान र परराष्ट्र नीतिसँग बाँझिएको भए त्यस्ता विषयमा पार्टी र सरकारले हेर्नुपर्ने भन्दै नेता गजुरेलले विषय उठेपछि प्रष्ट पार्नु नेतृत्वको दायित्व भएको बताउनुभयो ।

स्थायी कमिटी सदस्य भीमबहादुर रावलले अमेरिकी सरकारका प्रतिनिधिले नै एमसीसी इण्डोप्यासिफक रणनीतिअन्तर्गतकै कार्यक्रम रहेको बताउँदै आएकाले पनि हाम्रो हकमा पनि प्रष्टताको जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ुआर्थिक सहायता त नेपालले विश्वका विभिन्न देश र दातृ निकायबाट लिइरहेको छ तर सैन्य गठबन्धनमा हामी कही कतै छैनौँ । त्यस कारण एमसीसी आर्थिक सहायतासँगैको गठबन्धन हो वा होइन स्पष्ट हुनु जरुरी छ ।ु सरकारले यो विषयमा निर्णय गर्दा विशेष सावधानी अपनाउनुपर्ने नेता रावलको भनाइ छ ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीका बारेमा आइतबार बस्ने बैठकले निर्णय गर्ने जानकारी दिनुभएको थियो । एमसीसी इण्डो प्यासेफिक रणनीतिअन्तर्गतको कार्यक्रम हो वा होइन भन्ने विषयमा आवश्यक परामर्शका आधारमा निर्णय गरिने उहाँको भनाइ थियो ।

संघीय संसद्को हिउँदे अधिवेशनबाट एमसीसी सहयोगसम्बन्धी सम्झौतालाई अनुमोदन गर्ने तयारी छ । स्थायी कमिटीको बैठकमा एमसीसीका विषयमा छलफल भएपछि तथ्यका आधारमा निर्णय गर्ने निष्कर्षमा नेकपा पुगेको छ ।

सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले संसद्को हिउँदे अधिवेशनले एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी दिनुभएको थियो । सञ्चारमन्त्री बास्कोटाले एमसीसी अहिले नभएर धेरै पहिलादेखि आएको विषय भएकाले यसलाई सरकार र पार्टीले बहसको विषय बनाइराख्न नपर्ने बताउनुभएको थियो ।

बहसमा भएजस्तो हामी अमेरिकासँगको सैन्य गठबन्धनमा जाने पनि होइन । नेपालले कम्युनिष्ट देशसँग मात्र सम्बन्ध राख्ने पनि होइन । हामीले यसलाई राम्ररी हुन्छ भनेका छौँु, मन्त्री बाँस्कोटाको भनाइ थियो ।

केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी

यस्तै स्थायी कमिटीको बैठकले यही पुसको तेस्रो हप्ता केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा छलफल गरेको छ । सम्भावित कार्यसूचीअनुसार पुस २० गते केन्द्रीय कमिटीको बैठक बस्नेछ । केन्द्रीय कमिटीको बैठक पार्टी एकतापछि एक पटक मात्रै बसेको छ । पद तथा गोपनीयताको शपथका लागि मात्रै त्यो कमिटीको बैठक बोलाइएको भए पनि औपचारिकरुपमा बैठक बस्न सकेको थिएन ।

नेकपा अध्यक्षका रुपमा कार्यकारी भूमिका प्राप्त गरेपछि अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको बैठकसमेत सम्पन्न गरी पार्टीलाई जनपरिचालनसहितको देशव्यापी अभियानमा लैजाने यसअघि नै बताउँदै आउनुभएको छ । यद्यपि बैठकको मितिसमेत आइतबार बस्ने स्थायी कमिटीको बैठकले तोक्ने बुझिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आज डिसेम्बर २२ : वर्षकै छोटो दिन

Next Post

दैलेखमा गाउँपालिकाका अध्यक्षकी श्रीमती नै अपहरणमा

Next Post
दैलेखमा गाउँपालिकाका अध्यक्षकी श्रीमती नै अपहरणमा

दैलेखमा गाउँपालिकाका अध्यक्षकी श्रीमती नै अपहरणमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.