Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

काठमाडौंबाट एकैदिन १०० जनाभन्दा बढी चिनियाँ नागरिक पक्राउ

Milan Ghimire by Milan Ghimire
December 24, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
काठमाडौंबाट एकैदिन १०० जनाभन्दा बढी चिनियाँ नागरिक पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुस ८

नेपाल प्रहरीले गैरकानुनी गतिविधिमा संलग्न भएको आशंकामा १०० जनाभन्दा बढी चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।

पर्यटक भिसामा नेपाल आएर नेपालमा विभिन्न अवैध गतिविधि गर्दै बसेका चिनियाँहरुलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को नेतृत्वमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार बिहानैदेखि काठमाडौंका बूढानीलकन्ठ, मनमैजु, सामाखुसी, लाजिम्पाट, बाँसबारीलगायत ठाउँमा छापा पारी १०० भन्दा बढी चिनियाँलाई पक्राउ गरेको हो ।

अपार्टमेन्ट, निजी घर र होटलहरुमा छापा मारेर दिनभरमा करिब १५० जनाजति चिनियाँलाई नियन्त्रणमा लिइएको तर भिसा भएका र शंकास्पद नदेखिएका केहीलाई छाडिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चिनियाँहरुविरुद्धको ‘अपरेसन’ अहिले पनि जारी राखेको छ ।

मनमैजुको एउटा घरबाट ११ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुले एउटा ‘फ्ल्याट’कै एक लाख २० हजार रुपैयाँ भाडा तिरेको पाइएको प्रहरीले जनाएको छ ।

पर्यटक भिसामा आएका उनीहरु निजी घर भाडामा लिने तथा अपार्टमेन्टमा बसेर अवैध धन्दामा संलग्न हुने गरेको सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरु एउटै घरमा २५–३० जनाको समूहमा बस्ने गरेको पाइएको छ ।

उनीहरुले घरधनीलाई मागेकोभन्दा बढी भाडा दिएर घर लिने गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका चिनियाँहरुबाट ठूलो संख्यामा ल्यापटप र मोबाइल बरामद गरिएको र उनीहरुका गतिविधिको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्था ‘ह्याकिङ’मा चिनियाँहरुको संलग्नता बढ्दै गएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सीमा विवादबारे भारतले पठायो पत्र, कालापानीबारे यस्तो दाबी

Next Post

पुष्पा बस्नेत बनिन् दशककै प्रेरणादायी व्यक्तित्व

Next Post
पुष्पा बस्नेत बनिन् दशककै प्रेरणादायी व्यक्तित्व

पुष्पा बस्नेत बनिन् दशककै प्रेरणादायी व्यक्तित्व

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.