Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली नगर उप–प्रमुख हेटौंडा–काठमाडौंको सवारी पास लिएर साँघुटार गइन जन्त- भिडियो सहित

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
मन्थली नगर उप–प्रमुख हेटौंडा–काठमाडौंको सवारी पास लिएर साँघुटार गइन जन्त- भिडियो सहित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


९ फागुन, रामेछाप– मन्थली नगरपालिका उप–प्रमुख मायाकुमारी कार्कीले जन्त जान सरकारी गाडीको दुरुपयोग गरेकी छन् । मन्थली नगरपालिकाको कर्मचारी समेत रहेका सुवास काफ्लेको विवाहमा मन्थली नगरपालिका उप–प्रमुख कार्कीले सरकारी गाडीको दुरुपयोग गरेकी हुन् ।
फागुन ९ गते शुक्रबार महाशिवरात्रीको सार्वजनिक विदा र १० गते शनिबार परेकाले मन्थली नगर उप–प्रमुख कार्कीले सरकारी कामको लागि भन्दै रामेछाप– काठमाडौं हुँदै हेटौंडासम्मको लागि जिल्ला प्रशासन कार्यालय रामेछापबाट सवारी पास लिएर रामेछाप नगरपालिकाको साँघुटारमा जन्त गएकी हुन् ।
उप–प्रमुख कार्कीले सरकारी साधनको दूरुपयोग मात्रै हैन, पदीय शक्तिको आडमा सवारी पासको समेत दूरुपयोग गरेकी छन् । जन्त गएको समेत भत्ता खाने योजनामा उप–प्रमुख कार्कीले सरकारी कामको लागि भनेर रामेछापबाट काठमाडौं– हेटौंडको लागि सवारी पास लिएर शुक्रबार साँघुटार जन्त गएकी हुन् ।
उप–प्रमुख कार्कीले रामेछाप–काठमाडौं, हेटौडाको लागि सरकारी कामकाजको लागि भन्दै सवारी पास लिएको रामेछापको सहायक प्रमुख जिल्ला अधिकारी भाष्कर दाहालले जानकारी दिए ।
कर्मचारीको विवाहमा जन्त गएकी उप–प्रमुख कार्की चढेको बा २ झ २४०७ नम्बरको सरकारी गाडी जन्तीले खचाखच भरिएको थियो । सार्वजनिक विदाको दिन नगरपालिका भित्रको सार्वजनिक कार्यक्रम बाहेक सरकारी सवारीको प्रयोग गर्न नपाइने मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताए ।


सार्वजनिक विदाको दिन नगरापालिकाको काम बाहेक अन्य काममा सरकारी सवारी साधान प्रयोग भएको पाइएमा नियन्त्रणमा लिन ट्राफिक प्रहरीलाई समेत आफुले सुझाव दिएको नगर प्रमुख बस्नेतले बताए ।
सार्वजनिक विदाको दिन विशेष काम बाहेक विनाअनुमति सरकारी सवारी चलाउनु, सरकारी सवारीको दुरुपयोग मानिने जिल्ला प्रहरी कार्यालय रामेछाप प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले बताए ।
उप–प्रमुख आफु सहित जन्ती लिएर गएको सरकारी गाडी प्रहरी चौकी साँघुटारको प्राङगणमा राखेर विवाहको भोजमा सामेल भएकी छन् । यस विषयमा उप–प्रमुख कार्कीसँग बुझ्दा सालुसम्म आफ्नो कार्यक्षेत्र भएको भन्दै कार्यक्षेत्र बाहिर घुम्न जाने अधिकार आफुलाई भएको बताइन । आफु जनप्रतिनिधि भएकोले सार्वजनिक विदा भए पनि घुम्न जानको लागि सरकारी गाडी लिएर घुम्न जान पाउँने दावि गरिन ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

आज महाशिवरात्रि : पशुपतिका चारै ढोका खुला, राष्टपतीले पूजा गर्ने

Next Post

रामेछापबाट श्रीमती बेपत्ता खोजिदिन श्रीमानको अपिल : सियर गरि सहयोग गरौं

Next Post
रामेछापबाट श्रीमती बेपत्ता खोजिदिन श्रीमानको अपिल : सियर गरि सहयोग गरौं

रामेछापबाट श्रीमती बेपत्ता खोजिदिन श्रीमानको अपिल : सियर गरि सहयोग गरौं

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...