Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रहरीको सुनियोजित कुटाईबाट पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष गम्भिर घाईते

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, समाचार
0
प्रहरीको सुनियोजित कुटाईबाट पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष गम्भिर घाईते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, सिन्धुली ।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाईबाट गम्भिर घाईते हुनु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले सादा पोसाकमा आएर पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन् । प्रहरीको कुटाईबाट घाईते हुनु भएका कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारकालागि काठमाण्डौ लगिएको छ । गए राती सिन्धुलीको शिवनगरको एक होटलमा खाजा खादै गर्दा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत काभ्रेका ३० बर्षिय प्रहरी हवल्दार सनम सिं लामा र २८ बर्षिय प्रहरी जवान विकास स्याङतानले विना कारण योजनाबद्ध तरिकाले कुटपिट गरेका हुन । अध्यक्ष कार्कीको टाउँकोमा गम्भिर चोट लागेको सिन्धुली अस्पतालले जनाएको छ । पत्रकार महासंघ सिन्धुली शाखा पुर्व अध्यक्ष मिनकुमार दहालसंग बसिरहेको बेला होटलमा गएका प्रहरी हवल्दार लामाले मोवाईलमा भिडियो कैद गरेको र अध्यक्ष कार्कीले भिडियो किन खिचेको डिलिट गर्नुस भन्दा दुई प्रहरीले मोटरसाईकलको हेल्मेट लगाएतका अन्य बस्तुले टाउकोमा हिर्काइ भागेको मिनकुमार दाहालले बताउनुभयो । प्रहरीको कुटाईबाट पुर्व अध्यक्ष दाहाल पनि घाईते हुनुभएको छ । यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राती नै पत्रकारहरुले कार्यालय घेराउ गरेपछि प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दुवै जना नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान गरेर दोषीभए कारवाही गर्ने बताउनु भएको छ । घाईतेको उपचार गर्ने ब्यबस्था मिलाउने प्रतिबद्धता समेत गर्नुभएको छ । नेपाल पत्रकार महासंघ सिन्धुलीले घटनाको विरोध गर्दै घाईतेको उपचार र दोषीलाई कानुनी कारवाही गर्न माग गरेको छ । पत्रकार महासंघ सिन्धुलीका अध्यक्षलाई प्रहरीले नै कुटपिट गरेको तर प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारीबाट घटनाको बिषयमा सन्तोषजनक संबोधन नभएको भन्दै पत्रकारहरुले विरोध गरेका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

एसईई पूरक परीक्षाको परीक्षा तालिका परिवर्तन

Next Post

तरकारीमा विषादी परीक्षण रोकिएको भन्दै ने.वि.संघको प्रदर्शन

Next Post
तरकारीमा विषादी परीक्षण रोकिएको  भन्दै ने.वि.संघको प्रदर्शन

तरकारीमा विषादी परीक्षण रोकिएको भन्दै ने.वि.संघको प्रदर्शन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.