Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिल्क एअरको यस्तो थियो लफडा

Milan Ghimire by Milan Ghimire
March 22, 2020
in जनता स्पेसल, फिचर, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
सिल्क एअरको यस्तो थियो लफडा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत ९,

रामेछाप । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २० मार्चदेखि लागु हुने गरी युरोप र पश्चिम एसियाबाट आउने नागरिकमाथि रोक लगाएको थियो । त्यस्तै खाडी क्षेत्रका देशहरु इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती देशलाई ट्रान्जिट बनाइ अन्य देशबाट आउने नागरिकमाथि पनि प्रतिबन्ध लगाएको थियो ।

समितिको निर्णयअनुसार २० तारिख अर्थात् शुक्रबार रातिदेखि नेपालमा पाँच देशका जहाज मात्रै आउन पाउँछन् । भारत, चीन, सिङ्गापुर, हङकङका जहाज मात्रै नेपाल आउन पाउँछन् । ती जहाजले पनि नेपालले हवाई उडान प्रतिबन्ध लगाएका देशका यात्रु बोकेर नेपाल आउन पाउँदैनन् ।

सिङ्गापुर एअरलाइन्सको जहाजलाई आइतबार रातिसम्म नेपाल आउन प्रतिबन्ध नभएकाले जहाज सधैँ जस्तो गरेर शनिबार राति ८ बजेर ४० मिनेटमा अवतरण हुने तालिकासहित ९८ जना यात्रु लिएर नेपाल आएको थियो । तर सिङ्गापुरबाट आएको जहाज नेपालको आकाशमाथि प्रवेश गर्ने बित्तिकै हल्ला चल्यो, ुजहाजमा एक जना युरोपबाट आएका नागरिक पनि छन् ।

सरकारले युरोपबाट आउने या ट्रान्जिट भएर आउने कुनै पनि नागरिकलाई नेपाल छिर्न प्रतिबन्ध लगाएको थियो । तर जहाजमा युरोपका नागरिक भएको हल्ला चल्यो ।

हल्लाबारे पाइलटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराए । विमानस्थलको एअर ट्राफिक कन्ट्रोलर अर्थात् एटीसीले विमानस्थल प्रशासनलाई यो कुरा भने । नेपालले प्रतिबन्ध लगाएका देशका यात्रु रहेकाले जहाजलाई नेपालमा अवतरणको अनुमति नदिने निर्णय भयो । त्यतिञ्जेल जहाज मकवानपुरमाथि आइसकेको थियो । एटीसीले पनि नेपालले प्रतिबन्ध लगाएको देशका नागरिक बोकेर आएकोले अवतरण अनुमति नदिने भन्दै जहाजलाई सिङ्गापुर नै फर्कन आदेश दियो ।

तर जहाजका पाइलटले जहाजमा इन्धन कम रहेकाले भरेर मात्रै फर्कने भन्दै अवतरणको अनुमति मागे । अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठनको प्रावधान अनुसार इन्धन सकिएको जहाजलाई अवतरण अनुमति दिनुपर्ने भएकाले एटीसीले जहाजलाई अवतरण गर्न दियो ।

अवतरण गरेर जहाजले तेल हालेर फेरि सिङ्गापुर फर्कनको लागि रनवे मा ब्याक हुन लाग्दा विमानस्थलभित्र रहेका यात्रुले हो–हल्ला गरे । आफ्नो देशमा आइसकेकाले कुनै पनि हालतमा फेरि सिङ्गापुर नजाने भन्दै नाराबाजी गरे । विमानस्थलभित्र नाराबाजी बढ्दै गएपछि पाइलटले जहाज उडाएनन् । विमानस्थलभित्र होहल्ला भइरह्यो ।

आफन्तलाई लिन विमानस्थल पुगेका र सिल्क एअरको जहाजबाट सिङ्गापुर जान भनेर विमानस्थल पुगेका एक सय ६५ जनाले पनि विमानस्थलको आगमन कक्ष र प्रस्थान कक्षबाहिर नाराबाजी गरिरहेका थिए ।

त्यसपछि विमानस्थल प्रशासनले सरकारका अन्य निकायसँग सल्लाह गर्‍यो । सबै यात्रुको पासपोर्ट पार्किङ क्षेत्रमा रहेको जहाजभित्रै जाँच भयो र जहाजमा कुनै पनि युरोपेली देशका नागरिक नभएको पुष्टि भयो । सबै नेपाली पासपोर्ट लिनेहरु थिए । बरु केही दिनदेखि सिङ्गापुरमै बस्दै आएका नेपाली पासपोर्ट भएका जापानी मुलका एक दम्पति र अस्ट्रेलियन मुलकी एक नेपाली महिला रहेको पुष्टि भयो । उनीहरु नेपालले प्रतिबन्ध लगाएका देशबाट नआएको पुष्टि भयो ।

अवतरण भएको झण्डै तीन घन्टापछि उनीहरुलाई ओरालेर विमानस्थलमा सबैको बृहत् स्वास्थ्य जाँच गरियो । राति नै तीन जनालाई क्वारेन्टाइन पठाइयो । अरु यात्रु होम क्वारेन्टाइनमा बस्ने सहमति सहित घर गए ।

त्यही जहाजमा सिङ्गापुर जान भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका एक सय ६५ जना नागरिकले पनि विमानस्थलको प्रस्थान कक्षमा हो–हल्ला गरिरहेका थिए । एक सय ६५ जनालाई सिल्क एअरले होटलमा राख्यो । शनिबार राति सिङ्गापुर जान नपाएका एक सय ६५ यात्रु बोकेर सिल्क एअरको जहाज आइतबार दिउँसो सिङ्गापुर उड्नेछ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने

Next Post

भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई डब्ल्यूएचओको सुझाव

Next Post
भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई डब्ल्यूएचओको सुझाव

भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई डब्ल्यूएचओको सुझाव

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.