Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अध्यक्ष तिमिल्‍सिनाले कोरोना कोषमा एक महिनाको तलब दिने

Kumar Shrestha by Kumar Shrestha
March 23, 2020
in जनता स्पेसल, समाचार
0
अध्यक्ष तिमिल्‍सिनाले कोरोना कोषमा एक महिनाको तलब दिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत १०,

रामेछाप । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सरकारको कोरोना कोषमा एक महिनाको तलब उपलब्ध गराउनुभएको छ । उहाँले संघीय संसद् सचिवालयको आर्थिक शाखालाई पत्रमार्फत आफ्नो एक महिनाको तलब कोषमा जम्मा गरिदिन निर्देशनसमेत दिनुभएको हो ।

यसैगरी उद्योगपति वसन्त चौधरीले सरकारले स्थापना गरेको कोरोना कोषमा १ करोड सहयोग दिने घोषणा गरिसकेका छन्। चौधरीले ट्वीटरमा लेख्दै कोरोना कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड़ सहयोग दिने घोषणा गरेका हुन्।

मन्त्रिपरिषद्को आइतबारको बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि ५० करोडको आपतकालीन कोष खडा गर्ने निर्णय गरेको थियो। कोषमा मन्त्रिपरिषदका सदस्‍यहरुले एक महिनाको तलब जम्मा गर्ने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै आंशिक ‘लक डाउन’ घोषणा गरिसकेका छन्। कोरोनाको संक्रमण फैलन नदिन सरकारले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान र अवतरण रोकिसकेको छ भने दुवै छिमेकीसँगको सीमा नाका बन्द गरिसकेको छ। शैक्षिक संस्थादेखि लामो दूरीमा चल्ने सार्वजनिक यातायातको आवागमनमा समेत रोक लगाइसकिएको छ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

कोरोना भाइरस : नेपालमा थप एक जनालाई सङ्क्रमण भएको पुष्टि

Next Post

कोरोनाको प्रभाव : तीन महिना संकटकाल लगाउने तयारीमा सरकार

Next Post
चैत ९ गतेबाट १७ वटा मात्र कार्यालय खुल्ने (नामसहित)

कोरोनाको प्रभाव : तीन महिना संकटकाल लगाउने तयारीमा सरकार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.