चैत्र १०,
रामेछाप । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस – १९० नियन्त्रणको लागि सरकारले तीन महिनासम्मको संकटकाल घोषणा गर्ने गृहकार्यमा जुटेको बताइएको छ । संकटकाल तयारीको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श समेत थालिसकेको बालुवाटार निकट उच्च स्रोतको दावी छ ।
सम्पूर्ण उद्योग, कलकारखाना र व्यवसायमा कोरोनाको प्रभाव परिसकेकोले यदि भोलिका दिनमा संकटकाल घोषणा गरिए उक्त अवधिभर बैंकका ब्याज मिनाहा गर्ने र तीन महिनाको घरबहाल मिनाह गर्ने प्रधानमन्त्री ओलीको योजना छ । यसको लागि उहाँले मन्त्रिपरिषदका सदस्यहरुसँग परामर्शसमेत थाल्नुभएको छ ।