Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मजदुर वर्गका लागि आर्थिक प्याकेज ल्याउन कांग्रेसको आग्रह

जनता भ्वाइस by जनता भ्वाइस
March 27, 2020
in जनता स्पेसल, समाचार
0
मजदुर वर्गका लागि आर्थिक प्याकेज ल्याउन कांग्रेसको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत १४,

रामेछाप । नेपाली कांग्रेसले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर वर्गका लागि आर्थिक प्याकेजको घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर ‘लकडाउनमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर वर्ग सबैभन्दा बढी प्रभावित हुने भन्दै उनीहरुका लागि तत्काल आर्थिक प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।

त्यस्तै कम आय भएका कर्मचारी, श्रमिक तथा वेरोजगार युवा, तथा डेरा गरी बस्ने विद्यार्थीलाई राहत हुनेगरी योजना र कार्यक्रम तय गर्न पनि सभापति देउवाले सरकारलाई आग्रह गर्नुभएको छ ।

‘लकडाउन’ले खुद्रादेखि ठूला व्यापारी सबैलाई असर गर्ने भएकाले २० लाख रुपैयाँसम्म ऋण लिएका व्यवसायीलाई कम्तीमा ३ महिनाको ब्याज मिनाहा गर्न आग्रह गर्नुभयो छ ।

त्यसपछि निश्चित अवधिका लागि ब्याजदर घटाउन तथा ठूला व्यवसायीको पनि किस्ता बुझाउने अवधि तीन महिना सार्न र ब्याजदर घटाउन आग्रह गर्नु भएको छ । देउवाले पत्रपत्रिका बन्द हुने अवस्थामा पुगेको भन्दै सञ्चारमाध्यम र पत्रकारका लागि राहतको योजना बनाउन पनि आग्रह गर्नुभयो।

उहाँले कोरानाको संक्रमणको जाँच तथा उपचारका लागि स्वास्थ्यकर्मीलाई पर्याप्त पीपीई, परीक्षण किट तथा उपचारका लागि आइसोलेसन शैय्या, भेण्टीलेटर लगायतको पर्याप्त व्यवस्था गर्न माग गर्नुभयो।

कोरोनाको जोखिम कम गर्न सरकारले गरेको लकडाउनु पूर्ण रुपमा पालना गर्न पनि कांग्रेस सभापति देउवाको आग्रह छ ।

ujyaaloonline

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

Next Post

अपडेट – नेपालमा चौथो ब्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि

Next Post
कोरोना भाइरस : नेपालमा थप एक जनालाई सङ्क्रमण भएको पुष्टि

अपडेट - नेपालमा चौथो ब्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.