Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोनाःअमेरीकामा एकै दिन एक हजारभन्दा माथीको मृत्यु : वैज्ञानिक समेतको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
April 3, 2020
in समाचार
0
कोरोनाःअमेरीकामा एकै दिन एक हजारभन्दा माथीको मृत्यु :  वैज्ञानिक समेतको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत २०,
रामेछाप । विश्वव्यापी महामारी कोरोना भाइरस अर्थात् कोभिड नाइन्टिनको संक्रमणबाट एकै दिनमा झण्डै ५ हजार जनाको मृत्यु भएको छ । विश्वभर एकै दिन ७६ हजार नयाँ संक्रमित भेटिएका छन् । एजेन्सीहरुका अनुसार अमेरिकामा विगत २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ ।
त्यहाँ २६ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ भने संक्रमितको संख्या २ लाख १४ हजार पुगेको छ । त्यस्तै स्पेनमा एकैदिन ९ सय २३ जनाको मृत्यु भएको छ। त्यहाँ ८ हजार बढी नयाँ संक्रमित थपिएका छन्।

स्पेनमा मृत्यु हुनेको संख्या ९ हजार ३ सय नाघको छ भने संक्रमितको संख्या १ लाख ४ हजार पुगेको छ।


यस्तै इटलीमा हिजो ७ सय २७ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या १३ हजार पुगेको छ।

यसैगरी हिजो साढे ४ हजार संक्रमित भेटिएका छन् योसहित इटलीमा संक्रमितको संख्या १ लाख १० हजार नाघेको छ। फ्रान्समा हिजो एकै दिन ५ सयको मृत्यु भएको छ।

बेलायतमा साढे ५ सय जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ३० हजार भन्दा बढी पुगेको छ। जसमध्ये झण्डै २ लाख मानिस उपचारपछि निको भएका छन् भने मृत्यु हुनेको संख्या झण्डै ४७ हजार ५ सयको हाराहारीमा पुगेको छ ।

वैज्ञानिक समेतको पनि मृत्यु


यसैबीच कोरोना भाइरसको संक्रमणबाट दक्षिण अफ्रिकाकी एक एचआईभी वैज्ञानिकको मृत्यु भएको छ । एचआईभीको उपचार र औषधि पत्ता लगाउने कार्यमा लामो समयसम्म काम गरेकी वरिष्ठ वैज्ञानिक गीता रामजीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

ब्रिटिश एयरवेजले कोरोना भाइरसका कारण कम्पनीको अर्थव्यवस्था कमजोर भएपछि ३६ हजार कर्मचारी कटौतिको तयारी गरेको छ।
अमेरिकामा मास्कको अभाव भएपछि घरबाहिर निस्किनुपर्ने मानिसले कपडाकै मास्क भए पनि लगाउनु पर्ने छलफल सुरु भएको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

वातावरण संरक्षण सम्बन्धीत गित

Next Post

टेकुमा उपचाररत कोरोना संक्रमित दुईको दोस्रो रिपोर्ट पनि पोजेटिभ

Next Post
अपडेट : कोरोनाबाट  साढे २७ हजारको मृत्यु, ६ लाख संक्रमित

टेकुमा उपचाररत कोरोना संक्रमित दुईको दोस्रो रिपोर्ट पनि पोजेटिभ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.