चैत, २१,
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले शुक्रबार वैदेशिक रोजगारीबाट पालिका प्रवेश गरेका ब्यक्तिहरुको संख्या सार्वाजनिक गरेको छ ।
रोजगारीकालागि छिमेकी मूलुक भारत सहित मलेसिया, कोरिया, दुवई, साउदी अरेबिया लगायतका मुलुकमा गई नेपाल फर्केर पालिकामा प्रवेश गरेका ३७ जनाको संख्या सार्वजनिक गरको हो ।
जस्मा ७ जना महिला र ३० जना पुरुष रहेका छन् । उनीहरु विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बाट कोही पनि संक्रमित नभएको पालिकाका प्रमुख खड्ग बहादुर सुनुवारले जनता भ्वाईसलाई जानकारी दिनुभयो । उनीहरु सबै होम क्वारेन्टाईनमा बसेका छन् । पालिका प्रमुख सुनुवार भन्नुहुन्छ – “हामीले पालिकामा बैदेशिक रोजगारबाट फर्केका हरूको डाटा संकलन गर्न पारिश्रमिक दिएरै स्वयमंसेवक खटाएका छौँ ।” गोकुलगंगा गाउँपालिकाले भाइरस रोकथामका लागि १० लाखको कोष खडा गरको छ ।