Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना भाइरस २ सय ५ देशमा फैलियो

जनता भ्वाइस by जनता भ्वाइस
April 4, 2020
in जनता स्पेसल, समाचार
0
अपडेट : कोरोनाबाट  साढे २७ हजारको मृत्यु, ६ लाख संक्रमित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत २२,

काठमाण्डौ – कोरोनाको संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको छ ।

फोकल्याण्ड टापुमा एक जनामा कोरोना पुष्टि भएपछि कोरोना संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको हो । यस्तै दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोनाको संक्रमण फैलिँदा संक्रमितको संख्या १० लाख ९६ हजार ८ सय ८२ पुगेको छ ।

अहिलेसम्म १० लाख ९६ हजार ८ सय ८२ जनामा संक्रमण पुष्टि भएकोमा २ लाख २८ हजार ३ सय ७० जना उपचारपछि निको भएका छन् । ८ लाख ९ हजार ३ सय ७८ जनाको उपचार चलिरहेको छ । ५९ हजार १ सय ३४ जनाको ज्यान गएको छ ।

गएको २४ घण्टामा अमेरिकामा मात्रै १३ सय १४ जनाको ज्यान गएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार नाघेको छ । यस्तै इटलीमा सबैभन्दा धेरै साढे १४ हजारभन्दा धेरै, स्पेनमा ११ हजारभन्दा धेरै, फ्रान्समा साढे ६ हजार भन्दा धेरै, इरानमा ३ हजार भन्दा धेरैको ज्यान गएको छ ।

गएको २४ घण्टामा विभिन्न देशमा गरि ५ हजार ९ सय ६६ जनाको ज्यान गएको छ भने ८१ हजार ८ सय १७ जना नयाँ विरामी थपिएका छन् । 

यसैबीच भारत मध्य प्रदेशको टाटपट्टी बाखलमा कोरोना संक्रमितको उपचारका लागि पुगेको चिकित्सकको टोलीमाथि आक्रमण भएको छ । कोरोना संक्रमितको संखया बढ्दै गएपछि उपचारको लागि पुगेको डाक्टरको टोलीलाई स्थानीयले ढुंगामुडा गरेका भारतीय संचारमाध्यमले जनाएका छन् ।

भारतमा कोरोना संक्रमणका कारण ७२ जनाको ज्यान गएको छ भने २ हजार ५ सय ६७ जनामा कोरोना पुष्टि भएको छ । 

यसैबीच कोरोनाको हल्का लक्षण अझै देखिएको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनन अझै केहही दिन सेल्फ आइसोलेशनमा बस्ने हुनुभएको छ । गएको शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि सेइसोलेशनमा बस्दै आउनुभएका उहाँमा अझै पनि तापक्रम नघटेको पाइएपछि फेरि सेल्फ आइसोलेशनमै बस्ने निर्णय गर्नुभएको हो ।

तर उहाँले घरबाटै आफ्नो काम गरिरहनुभएको र शुक्रबार कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि बोलाइएको बैठकको नेतृत्व गर्नुभएको बीबीसीले जनाएको छ ।   

जर्मनीका सडकमा अब दुईभन्दा धेरै मानिस उभिए ५ सय युरो जरिवाना तिर्नु पर्ने भएको छ । यसका साथै जर्मन सरकारले मानिसहरुलाई पाँच फिटको सामाजिक दूरी कायम गर्न र दुईभन्दा धेरै मानिस भेला हुन प्रतिबन्ध गरेको बीबीसीले जनाएको छ ।

चान्सलर एङगेला मर्केलले जनतालाई घर नछाड्न आदेश दिँदै यस्तो जानकारी गराउनुभएको हो । किराना पसल र मेडिकलमा भने यो नियम लागू नहुने खबरमा उल्लेख छ । जर्मनीमा १२ सय ७५ जनाको ज्यान गएको छ भने ९१ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

लकडाउन फेरि एक साता बढाउन सुझाव

Next Post

सिन्धुपाल्चोकमा बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ

Next Post
सिन्धुपाल्चोकमा बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ

सिन्धुपाल्चोकमा बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.