Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लक डाउन पूर्णरूपमा खुलेको दुई सातापछि एसईर्ई हुने, १२ र ११ को परीक्षा रोकिन सक्ने

जनता भ्वाइस by जनता भ्वाइस
April 4, 2020
in जनता स्पेसल, शिक्षा, समाचार, स्वास्थ्य
0
लक डाउन पूर्णरूपमा खुलेको दुई सातापछि एसईर्ई हुने, १२ र ११ को परीक्षा रोकिन सक्ने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, २२,

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्न सरकारबाट जारी गरिएको लक डाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले लकडाउन पूर्णरुपमा खुलेर जनजीवन पूर्ववत अवस्थामा फर्केपछि मात्र परीक्षा गरिने जानकारी दिएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण चैत ६ गतेबाट सञ्चालन हुनुपर्ने एसईई परीक्षा हाल स्थगनको अवस्थामा छ ।

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले विना कुनै शर्त लक डाउन खुलेपछि एसईईको नयाँ परीक्षा तालिकाका बारेमा जानकारी दिइने बताउनुभयो । विद्यार्थीलाई दुई साताको समय दिएर मात्रै परीक्षा गरिने उहाँको भनाइ छ ।

एउटा परीक्षा केन्द्रमा तीन सय जनासम्म विद्यार्थी परीक्षामा सहभागी हुने भएकाले भयरहित तरिकाले परीक्षा सञ्चालनका लागि जनजीवन सामान्य अवस्थामा आउनुपर्ने उहाँको भनाइ छ । अहिलको अवस्थामा भने कहिले परीक्षा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा केही भन्न नसकिने उहाँलेबताउनुभयो ।

१२ र ११ को परीक्षा रोकिन सक्ने

सरकारले चैत २५ गतेसम्मका लागि जारी गरेको लक डाउन थप गरिएको अवस्थामा कक्षा १२ र ११ को वार्षिक परीक्षासमेत स्थगित हुने भएको छ । यस विषयमा सरकारले लिने पछिल्लो निर्णयपछि मात्रै निचोडमा पुगिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले लक डाउन लम्ब्याइएको अवस्थामा कक्षा १२ र ११ को वार्षिक परीक्षा रोकिने बताउनुभयो । बोर्डले २०७७ साल बैशाख दोस्रो साताबाट कक्षा १२ तथा बैशाख तेस्रो साताबाट कक्षा ११ को परीक्षा तय गरेको छ ।

लक डाउन खुलेको अवस्थामा पूर्व निर्धा्रित कार्यतालिका अनुसार नै गर्न सकिने जनाइएको छ । कक्षा १२ र ११ को परीक्षाका लागि आवश्यक तयारी गरिएकाले पूर्व निर्धा्रित कार्यतालिका अनुसार नै गर्न सकिने अध्यक्ष पौडेलको भनाइ छ । गोरखापत्र दैनिकमा समाचार छ । NrN

यो पनि पढनुस्

एसईई परीक्षा स्थगित

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सिन्धुपाल्चोकमा बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ

Next Post

भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको कोरोना रिपोर्ट नेगेटिभ

Next Post
भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको कोरोना रिपोर्ट नेगेटिभ

भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको कोरोना रिपोर्ट नेगेटिभ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.