चैत, २२,
काठमाडौं । स्वास्थ्य सामग्री खरिदमा देखिएको अनियमितता बारे नेपाल विद्यार्थी संघले चासो व्यक्त गरेको छ ।
अध्यक्ष राजिव ढुंगानाले प्रेस विज्ञप्ति जारी गर्दै यो विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचार र अनियमिततामा लागेकोप्रति चासो व्यक्त गरेको जनाएको छ ।
कोरोना संक्रमणका कारण जारी लकडाउनलाई जनताले सहयोग गरेकै बेलामा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताप्रति नेपाल विद्यार्थी संघ खेद व्यक्त गर्दछ विज्ञप्तिमा भनिएको छ ।
कोरोनाविरुद्धको लडाईमा सरकारले हेलचेक्राई गरेको भन्दै नेविसंघले अनियमिततामा संलग्नलाई कडा कारवाही गर्न समेत माग गरेको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुंगानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण संग जुध्न आवश्यक औषधि र अन्य उपकरणको खरिदका प्रसङगमा उठेका विभिन्न प्रश्नहरुप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
कोरोनाविरुद्धको लडाईमा सरकारले हेलचेक्राई गरेको भन्दै नेविसंघले अनियमिततामा संलग्नलाई कडा कारवाही गर्न समेत माग गरेको छ ।
डब्लूएचओले तीन महिनाअघि नै कोरोनाको संक्रमणविरुद्धका तयारीमा जुट्न सिंगो संसारलाइ आह्वान गरी सक्दा पनि सरकार किन चुप बस्यो अध्यक्ष ढुंगानाले सरकारलाई प्रश्न गर्दै जवाफ मागेका छन् ।
त्यस्तै स्वास्थ सामाग्रीहरु बजार मूल्यभन्दा अस्वभाविक रुपमा बढी मूल्यमा खरिद गर्नुको कारण, किनिएका सामानहरु कमसल र कम गुणस्तरमा खरिद हुनुको कारण बारे पनि सरकारसँग ढुंगानाले जवाफ मागेका छन् ।
यसैबीच संकटको बेलामा नेपाली जनतालाई झुक्याएर भ्रष्टाचार मा लिप्त हुनेहरु जोसुकै भएपनि नेपाली जनताले नछाड्ने नेबिसंघका महामन्त्री वलदेव तिमिल्सिनाले बताएका छन् ।
‘स्वास्थ्य जस्तो गम्भीर र संबेदनसिल बिषयमा खेलबाड गर्ने र भ्रष्टचारमा लिप्त हुनेहरू राष्ट्रघाती भएकाले संलग्न कसैलाइ छोडिन्न,’ महामन्त्री तिमल्सिनाले भने। इमेज