Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आजदेखि चितवन र बुटवलमा पनि कोरोना परीक्षण गर्ने तयारी

जनता भ्वाइस by जनता भ्वाइस
April 5, 2020
in समाचार
0
आजदेखि चितवन र बुटवलमा पनि कोरोना परीक्षण गर्ने तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, २३,

काठमाण्डौ – सरकारले आइतबारदेखि चितवन र बुटवलमा पनि कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ । यसअघि जनकपुर, धरान, हेटौँडा, पोखरा, धनगढी र सुर्खेतमा परीक्षण सुरु गरेको सरकारले आजदेखि चितवन र बुटवलमा पनि कोरोना परीक्षण गर्ने तयारी गरेको हो ।

योसँगै अझै धेरै जनाको कोरोना परीक्षण गर्न सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले यसअघि विदेशबाट आएकाहरुमा मात्र कोरोना देखिएको र अब नेपालमै रहेकामा पनि सङ्क्रमण देखिएकोले कोरोना सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेको भन्दै थप सजकता अपनाउन अनुरोध गर्नुभएको छ ।

कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले थप सावधानी अपनाउन देवकोटाको सुझाव छ । विशेषगरी विदेशबाट आएकाहरुलाई केही समय परिवारबाट अलग्गै बस्न उहाँले आग्रह गर्नुभयो ।

यस्तै लकडाउनको पालना गर्न पनि सरकारले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले उपत्यकाका तीन वटा अस्पतालमा १५ जना र उपत्यकाबाहिर ५४ जना गरी ६९ जनाको आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा उपचार भइरहेको छ ।

यस्तै शनिबारसम्ममा १५ सय २१ जनाको कोरोना परीक्षण गरिएकोमा १५ सय १२ जनामा कोरोना नभएको र ९ जनामा कोरोना भएको पाइएको छ । एक जना उपचारपछि निको भएका छन् भने चार जनाको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा, दुई जनाको बागलुङ र दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार चलिरहेको छ ।

शनिबार विभिन्न ठाउँमा गरी अहिलेसम्मकै धेरै दुई सय २९ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । उज्यालोले लेखेकोछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना : विश्वमा मृत्यु हुनेको संख्या ६५ हजार नजिक, २ लाख ४६,हजार भन्दाबढी निको भए

Next Post

अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण

Next Post
पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा सर्‍यो कोरोना

अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.