Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोनाबाट सार्क राष्ट्रमा १६० को मृत्यु, ७ हजार संक्रमित

जनता भ्वाइस by जनता भ्वाइस
April 5, 2020
in समाचार, स्वास्थ्य
0
कोरोनाबाट सार्क राष्ट्रमा १६० को मृत्यु, ७ हजार संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,२३,

काठमाडौं । विश्वव्यापी रूप लिएको कोरोनाबाट सार्क राष्ट्रहरुमा १६० मानिसको ज्यान गएको छ । यो क्षेत्रका झण्डै सात हजार मानिसमा कोरोनाको संक्रमण भएको छ ।

भौगोलिक हिसाबले सार्कको सबैभन्दा ठूलो राष्ट्र भारत कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक बनेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार, यहाँ हालसम्म ९९ जना मानिसको ज्यान गइसकेको छ । यहाँका ३ हजार ५ सय ८८ मानिसमा कोरोनाको लक्षण देखिएको छ ।

भारतपछि कोरोनाको दोस्रो प्रभावित मुलुक बनेको छ, पाकिस्तान । यहाँका २ हजार ८ सय १८ मानिसको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आउँदा ४१ मानिसको ज्यान गएको छ । संक्रमण र मृत्युदर बढ्दै गएपछि पाकिस्तानले सतर्कताका विभिन्न उपायहरू बढाएको छ ।

कोरोनाले बंगलादेशमा ८, अफगानिस्तानमा ७ र श्रीलंकामा ५ जनाको ज्यान गइसकेको छ । दक्षिण एसियाका ८ वटै देशमा कोरोनाको संक्रमण देखिए पनि मृत्यु भने ५ देशमा मात्रै भएको छ । ३ देश माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोनाबाट कसैको पनि ज्यान गएको छैन । अन्लाइन खबरले लेखेको छ ।

सार्क राष्ट्रहरूमृत्युसंक्रमित
भारत९९३५८८
पाकिस्तान४१२८१८
बंगलादेश८७०
अफगानिस्तान७२९९
श्रीलंका५१६६
माल्दिभ्स०१९
नेपाल०९
भुटान०५
जम्मा१६०६९७४

स्रोत : जोन हप्किन्स विश्वविद्यालय

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

राप्रपाका कोषाध्यक्ष सुवेदीको निधन

Next Post

नियमित पत्रकार सम्मेलन लाईभ चैत २३ (कोरोना भाइरस (काेभिड-१९) सम्बन्धी जानकारी)

Next Post
‘पोखरामा ‘पोजिटिभ रिपोर्ट’ आएको छैन’

नियमित पत्रकार सम्मेलन लाईभ चैत २३ (कोरोना भाइरस (काेभिड-१९) सम्बन्धी जानकारी)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.