Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लकडाउन तत्काल हट्दैन-प्रधानमन्त्री,लापरबाही नगर्न आग्रह

जनता भ्वाइस by जनता भ्वाइस
April 12, 2020
in समाचार
0
लकडाउन तत्काल हट्दैन-प्रधानमन्त्री,लापरबाही नगर्न  आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत २९,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) महामारी विरुद्ध लड्न सरकार भन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् ।

सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा कुरा गर्दै प्रधानमन्त्रीले सरकार स्वयंले बैधानिक अथोरिटीका साथ काम गरेको बताएका हुन् । उनले भने, ‘सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यकता छैन । सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीच-बीचमा एक पटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगरौं ।’

प्रधानमन्त्री केपी शर्मा

प्रधामनन्त्रीले लकडाउन छिट्टै अन्त्य नहुने समेत बताएका छन् । संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको भन्दै प्रधानमन्त्री ओलीले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दा देख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन नसक्ने बताए ।

उनले सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै नरम बनेर लापरबाही नगर्न पनि मुख्यमन्त्रीहरुलाई आग्रह गरे । विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमत्रीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए ।

सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरुको जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । onlinekhabr ले यो समाचार लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नियमित पत्रकार सम्मेलन लाईभ चैत २९ (Live)

Next Post

नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

Next Post
अमेरिकामा कोरोना भाइरसको औषधि परीक्षण शुरू

नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...