Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप कांग्रेसद्वारा रामेछापका ८ वटै स्थानीय पीपीई सहितका सामाग्री हस्तान्तरण

Milan Ghimire by Milan Ghimire
April 14, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछाप कांग्रेसद्वारा रामेछापका ८ वटै स्थानीय पीपीई सहितका सामाग्री हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख ०१

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नको लागि नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले रामेछापका ८ वटै स्थानीय तहका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

सोमबार कोरोना भाइरस रोकथामका लागि खटिएका स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामाग्रीको अभाव नहोस भनेर समितिले सहयोग गरेको नेपाल बिद्यार्थी संघका निवर्तमान केन्द्रिय सदस्य रत्नहरी ढुङ्गेलले जनता भ्वाइसलाइ जानकारी दिनुभयो ।
रामेछाप–काठमाडौं सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठले ९० थान पर्सनल प्रोटेक्शन इक्वीपमेन्ट (पीपीई) र ४ सय थान सर्जिकल मास्क दिनुभएको जानकारी दिनुभयो ।

रामेछापबाट काठमाडौंमा रहेर विभिन्न पेशा र व्यवसाय गरिरहेका साथीहरू तथा सम्पर्क समितिका पदाधिकारीहरूको सहयोगमा स्वास्थ्य सामाग्री पठाइएको ढुङ्गेलको भनाइ छ ।

ढुङ्गेलले मन्थली नगरपालिकामा २० थान पीपीई, ५० थान माक्स रामेछाप नगरपालिकामा १४ थान पीपीई , ५० थान माक्स, खाँडादेवी गाउँपालिकामा ११ थान पीपीई, ५० थान माक्स र सुनापाती गाउँपालिकामा ९ थान पीपीई र ५० थान सर्जिकल माक्स पठाइएको बताउनुभयो ।

ढुंगेलका अनुसार दोरम्बा गाउँपालिकामा ९ थान पीपीई, ५० थान माक्स, गोकुलगंगा गाउँपालिकामा ९ थान पीपीई ५० थान माक्स, लिखुतामाकोशी गाउँपालिकामा ९ थान पीपीई, ५० थान माक्स र उमाकुण्ड गाउँपालिकाको लागि ९ थान पीपीई ५० गान सर्जिकल माक्स पठाइएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

काठमाडौंमा एकै परिवारका तीन जनालाई र्यापिड टेष्ट पोजेटिभ: कोरोना आशंकामा अस्पताल भर्ना

Next Post

सनसिटीबाट अस्पताल भर्ना भएका दुई जनामा कोरोना संक्रमणको पुष्टि,एकको रिपोर्ट आउन बाँकी

Next Post
अमेरिकामा कोरोना भाइरसको औषधि परीक्षण शुरू

सनसिटीबाट अस्पताल भर्ना भएका दुई जनामा कोरोना संक्रमणको पुष्टि,एकको रिपोर्ट आउन बाँकी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.