बैशाख १०,
पाल्पा – पानीसहित परेको असिनाले चुटिँदा पाल्पामा एक वृद्धको ज्यान गएको छ । पूर्वखोला गाउँपालिका-४, देवीनगर, तल्लो लेमधेमका ७३ वर्षीय बदलसिंह कवर मगरको ज्यान गएको वडाध्यक्ष रिमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
हुमिनमा रहेका छोरा भेटेर घर फर्किने क्रममा परेको असिना पानीले चुटिँदा कवरको बाटैमा मृत्यु भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।





