Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चीनमा कोरोनाको भ्याक्सिन बाँदरमा सफल, मानिसमा परीक्षण गरिदै,

जनता भ्वाइस by जनता भ्वाइस
April 24, 2020
in जनता स्पेसल, समाचार
0
चीनमा कोरोनाको भ्याक्सिन बाँदरमा सफल, मानिसमा परीक्षण  गरिदै,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख १२

काठमाडौं । चीनमा कोरोना भाइरसको खोप बाँदरमा परीक्षण सफल भएको छ । खोपले बाँदरलाई कोरोना संक्रमणबाट जोगाउन सकिएको भन्दै उत्साहित भएका वैज्ञानिकहरुले त्यो खोप अब मानिसमा पनि परीक्षण सुरु गरिएको जनाएका छन् ।

चीनको बेइजिङस्थित औषधि बनाउने कम्पनी साइनोभ्याक बायोटेकले रातो मुख भएको बाँदरमा खोप परीक्षण सफल भएको जनाएको छ । त्यसैले १६ अप्रिलदेखि मानिसमा पनि त्यसको परीक्षण सुरु गरिएको उल्लेख गरेको छ ।

साइनोभ्याकले दिएको जानकारीअनुसार आठ वटा बाँदरको श्वास नलीमा कोरोना भाइरस राखिएको थियो । त्यसपछि अलग–अलग डोजमा भ्याक्सिन दिइयो । त्यसको तीन हप्तापछि ती बाँदरहरुको पुनः जाँच गरियो । तर एउटा पनि बाँदरमा कोरोना संक्रमण देखिएन ।

साइनोभ्याकका डाइरेक्टर मेंग विनिङले भनेका छन्, ‘सबैभन्दा बढी डोज दिइएको बाँदरमा सात दिनपछि उसको फोक्सो वा शरीरमा कतै पनि कोरोना भाइरसको कुनै लक्षण वा प्रमाण देखिएन । थोरै डोज दिइएका केही बाँदरहरुमा पनि भने हल्का असर देखियो । तर त्यसलाई पनि नियन्त्रणमा लिइयो ।

उनले भनेका छन्, ‘खोप मानिसमा पनि प्रभावकारी हुनेमा हामीलाई पूरा विश्वास छ ।’

डाइरेक्टर मेंगले खोप बनाउन पुरानो तरिका प्रयोग गरेको बताएका छन् । ‘पहिले कोरोना भाइरसबाट बाँदरलाई संक्रमित गरायौं । त्यसपछि त्यही बाँदरको रगतबाट खोप बनायौं । त्यसलाई अर्को बाँदरमा प्रयोग गर्‍यौं,’ मेंगले भने, ‘यो तरिकाबाट बनाइएको खोप महँगो हुँदैन ।’

माउन्ट सिनाइस्थित इकान स्कुल अफ मेडिसिनका भायरोलोजिस्ट फ्लोरियन क्रेमरले आफूलाई खोप बनाउने यो तरिका मन परेको बताएका छन् ।

यस्तै पिट्सबर्ग युनिभर्सिटीका डगलस रिडले भनेका छन्, ‘यो तरिका राम्रो हो तर थोरै बाँदरहरुमा परीक्षण गरिएकाले यसमा पूरा विश्वास छैन ।’

तर, साइनो भ्याकका वैज्ञानिकहरुका अनुसार बाँदर र मुसाको शरीरबाट लिइएको एन्टीबडीलाई मिसाइएको छ ।

त्यसपछि सो खोपको परीक्षण गरिएको हो । चीन, इटली, स्वीटजरल्याण्ड, स्पेन र बेलायतका कोरोना भाइरस संक्रमित बिरामीहरुमा पनि परीक्षण गरिएको छ । परीक्षणको क्रममा एन्टीबडीले कोरोना भाइरसको स्ट्रेनलाई निष्कृय बनाएको पाइएको छ ।

साइनो भ्याकले बनाएको खोपको परीक्षण रिपोर्ट १९ अप्रिलमा एक वेबसाइटमा प्रकाशित भएको छ । Onlinekhabre

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आइपुग्याे श्री एयरलाइन्सको जहाज सिङ्गापुरबाट स्वास्थ्य सामग्री लिएर

Next Post

अन्तत : बाध्य भयर फिर्ता लियो सरकारले अध्यादेश

Next Post
एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई सरकारको आग्रह

अन्तत : बाध्य भयर फिर्ता लियो सरकारले अध्यादेश

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.