बैशाख १६,
रामेछाप । क्रियाशिल पत्रकार महिला चितवनकी अध्यक्ष तथा कान्तिपुर दैनिककी चितवन सम्वाददाता एवं पत्रकार महासंघ चितवनकी कार्यसमिति सदस्य प्रमिता ढकालमाथि रिपाेर्टिङका क्रममा प्रहरीद्वारा भएको अभद्र व्यवहार देखाएकोमा क्रियाशील पत्रकार महिलाले आपत्ती जनाएको छ । संविधानले लाेकतन्त्रमा प्रत्याभूत गरेकाे प्रेस स्वतन्त्रतालाई खिल्लि उडाएकाे क्रियाशील पत्रकार महिलाकी अध्यक्ष अमिका राजथलाले बताउनु भयो ।
हिजो विहान पत्रकारद्वय विनोदवावु रिजाल र पत्रकार अर्जुन अधिकारीलाई चितवन प्रहरीले गरेको अभद्र व्यवहारबारे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएर जिल्ला प्रहरी कार्यालयमा वार्तामा वस्न जाने क्रममा जिल्ला प्रहरी कार्यालयअगाडि भिड देखेर तस्बीर लिंदै गर्दा महिला प्रहरीद्वारा पत्रकार प्रमिताको मोवाईल खोस्ने, अभद्र व्यवहार गरेर प्रहरीको कन्ट्रोल रुममा राखेर मानसिक तनाव दिईएको थियो ।
पत्रकार माथिको ज्यादति बन्द गरी काेराेनाकाे महामारीमा आफ्नाे जीवनकाे पर्वाह नगरी अग्रमाेर्चामा रहेर काम गर्दै आएका पत्रकारलाई शान्तिपूर्ण रुपमा पत्रकारीता गर्ने वातावरण बनाउन नेपाल सरकारकाे प्रशासनसँग अध्यक्ष राजथलाले आग्रह समेत गर्नु भएको छ ।अध्यक्ष राजथलाले भन्नु भयो -“यो सरासर प्रेस स्वतन्त्रता माथिको अराजकता हो, क्रियाशील पत्रकार महिला यसको घोर भत्सना गर्दछ । “