Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

शिक्षा मन्त्रालयले सुरु गरेको बेरोजगार युवा निःशुल्क तालिम लकडाउनले अन्योलमा

जनता भ्वाइस by जनता भ्वाइस
April 30, 2020
in शिक्षा, समाचार
0
शिक्षा मन्त्रालयले सुरु गरेको बेरोजगार युवा निःशुल्क तालिम लकडाउनले अन्योलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,१८,

काठमाडाैं । शिक्षा मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट परियोजना) ले विपन्न परिवारका बेरोजगार युवालाई लक्षित गरी चालू आर्थिक वर्षमा सुरु गरेको छोटो अवधिको तालिम अन्योलमा परेको छ । आधा समय तालिम लिएका युवा कोरोना भाइरसका कारण उपत्यकाबाट बाहिरिएका र आर्थिक वर्ष सकिन लागेकाले बाँकी तालिम के गर्ने भन्ने अन्योल भएको हो ।

इभेन्ट परियोजनाले उत्पयकाका तीन जिल्लामा भौचर प्रणाली र अन्य जिल्लामा नतिजामा आधारित तीनमहिने तालिम सुरु गरेको थियो । प्रतिव्यक्तिका आधारमा परियोजनाले रकम भुक्तानी गर्ने भएकाले बाहिरिएका युवा पुनः नआए उनीहरूको तालिम अपुरो हुने र डेढ महिनाभन्दा बढी तालिम दिएका तालिमप्रदायक संस्थाको लगानीसमेत अनिश्चित हुनेछ । इभेन्ट परियोजना प्रमुख चन्द्रकान्त भुषालका अनुसार उपत्यकाका तीन जिल्लामा सञ्चालित निःशुल्क तालिममा सात हजार पाँच सय भौचरका लागि छनोट भएका थिए । यसैगरी, नतिजामा आधारित लेभल १ र लेभल २ गरी २४ हजार दुई सय ५० छनोट भएका थिए । तालिम माघ महिनादेखि सुरु भएको थियो ।

इभेन्ट परियोजना प्रमुख भुषालले अधिकांश संस्थाले तालिम सुरु गरेर आधा समय सञ्चालन गरेका थिए । छनोट भएर तालिमप्रदायकसँग सम्झौता भइसकेको थियो । ‘सम्झौता गरेर तालिम सुरु भएपछि आर्थिक दायित्व थपिएको छ, तर लकडाउनले थप तालिमबारे अन्योल भएको छ,’ परियोजना प्रमुख भुसालले भने, ‘काठमाडौं उपत्यकाको तालिम जटिल हुने देखिएको छ, काठमाडौंमा तालिम लिने बाहिरका धेरै छन्, कोरोनाको जोखिम बढेपछि तालिम लिइरहेका पनि बाहिरिए, अब तालिम लिन आउँछन् कि आउँदैनन् भन्ने छ ।’ जेठ दोस्रो साता सुरु गर्न सके मात्र तालिम सकिने भुषालको भनाइ छ । यो आर्थिक वर्षमा सम्भव नभए अर्को वर्ष क्रमागत रूपमा सञ्चालन हुने उनले बताए ।

राजधानीमा मात्र भौचरका लागि करिब १० करोड

चालू आर्थिक वर्षमा राजधानीमा सञ्चालन हुने निःशुल्क भौचरको तालिमका लागि नौ करोड ७५ लाख बजेट विनियोजन भएको छ । एउटा संस्थाले २० जनालाई तालिम दिन पाउँछ र तालिमको वर्गीकरणअनुसार रकम पाउनेछन् । प्रतिभौचर १८ हजार दुई सयदेखि २२ हजार दुई सय बजेट विनियोजन भएको छ ।

इभेन्ट परियोजनाले सुविधाविहीन समुदायका दलित, लोपोन्मुख, अतिसीमान्तकृत, तथा सीमान्तकृत जनजाति र गरिबका लागि रोजगारी पाउन सहयोग गर्ने उद्देश्यले भौचर वितरण गरेको हो । ७ र ८ पुसमा भौचर मेलाको आयोजना गरी छनोट भएकालाई तीन महिनाको तालिम सुरु गरेको थियो । तालिमका लागि सहभागीहरूको मागमा आधारित, रोजेको विषय र बजारको आवश्यकता तथा पायक पर्ने ठाउँमा निःशुल्क रूपमा तालिम लिन भौचरको व्यवस्था गरेको थियो । तालिमअनुसार भौचरबापत सेवाप्रदायक संस्थाले पाउने रकम फरक छ । तालिमप्रदायक संस्थाले सहभागीलाई कम्तीमा ६ महिनाको रोजगारी सुनिश्चित गर्नुपर्नेछ । ३४ विभिन्न पेसागत विषयमा तालिम दिन ५८ तालिम तथा रोजगारप्रदायक संस्था छनोट भएका थिए ।

इभेन्ट परियोजना निर्देशक चन्द्रकान्त भुषालले तालिम लिने व्यक्ति इभेन्टले छनोट गरी तालिमका लागि अन्य संस्थालाई जिम्मेवारी दिने बताए । निर्देशक भुषालले भने, ‘तालिम लिएपछि ६ महिना रोजगारी पाएको छ÷छैन भन्ने अर्कै संस्थाले अनुगमन गर्छ, सबै ठीक छ भनेपछि मात्र भुक्तानी गर्छौं ।’

लगानी गरे, तर भुक्तानी पाएनन्

भौचर र नतिजामा आधारित तालिम दिनका लागि छनोट भएर सम्झौता गरेका संस्थालाई २० प्रतिशत भुक्तानीको तयारी गरेको छ । भौचरमा आधारितका लागि ५८ र नतिजामा आधारित तालिमका लागि ८६ संस्था छनोट भएका थिए । उनीहरूले सम्झौता भएर तालिम सुरु गरे पनि अहिलेसम्म भुक्तानी पाएका छैनन् । तालिम प्रदान गर्नेको अनुमगनका लागि तेस्रो पक्ष छनोट भएको र सो संस्थाले सिफारिस गरेपछि मात्र भुक्तानी दिने बताए । भुषालका अनुसार लकडाउनअघि तेस्रो पक्षले अनुगमन गरेको तर फाइलन रिपोर्टिङ नआएको बताए । सुरुमा १० प्रतिशत भुक्तानी पाउँछन् । तालिम लिएकाले ६ महिना रोजगारी पाएको सुनिश्चित भएपछि मात्र अन्तिम किस्ता पाउँछन् ।

विश्व बैंकको ऋण सहयोगमा इभेन्ट परियोजना सञ्चालन भइरहेको छ । तालिमका लागि परियोजनाको करिब ६३ करोड बजेट छ । तालिम लिन चाहने १६ देखि ४० वर्ष समूहका बेरोजगार युवाले आफ्नो पारिवारिक स्थितिसहितको विवरण अनलाइनमार्फत फारम भर्नुपर्छ ।

लगानी डुब्ने चिन्तामा तालिमप्रदायक

तालिम सञ्चालनका लागि लगानी गरेका संस्था रकम डुब्ने चिन्तामा छन् । भौचरमा आधारित तालिम सञ्चालन गरेका बडीमालिका मल्टीप्रपोज प्रालिका सञ्चालक चन्द्र साउदले ठूलो समस्या भएको बताए । ‘तालिम सुरु गरेको डेढ महिनाभन्दा बढी भएपछि बन्द भयो, हामीले ५० प्रतिशतभन्दा बढी लगानी गरेका छौँ, सुरुमा आउनुपर्ने १० प्रतिशत रकम पनि आएको छैन,’ नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्षसमेत रहेका साउदले भने, ‘तालिम लिने धेरैतिरका छन्, उनीहरू फर्केर नआए हाम्रो लगानी डुब्छ ।’ अनुगमनका लागि छनोट भएको तेस्रो पक्षले अनुगमनमा ढिलाइ गर्दा १० प्रतिशत रकम पाउन पनि वञ्चित भएको उनले बताए । समस्याबारे इभेन्ट परियोजनामा जानकारी गराइसकेको उनले बताए ।

३४ विषयमा नि:शुल्क तालिम

इभेन्ट परियोजनाले ३४ विषयमा छोटो अवधिको तालिमका लागि भौचर दिने व्यवस्था गरेको छ । तालिमका विषयमा अफसिजन भेजिटेबल प्रोड्युसर, असिस्टेन्ट ब्युटिसियन, असिस्टेन्ट वेटर, आर्क वेटर, आल्मुनियम फेब्रिकेटर, इन्डस्ट्रियल इलेक्ट्रिसियन, इन्डियन कुक, कमी, कम्युनिटी एग्रिकल्चर असिस्टेन्ट, कम्युनिटी लाइभस्टक असिस्टेन्ट छन् । त्यसैगरी कार्पेट वेभर, कुक, चाइनिज कुक, जुनियर कम्प्युटर हार्डवेयर टेक्निसियन, जुनियर प्लम्बर, टायल–मार्बल फिटर, टेलरिङ, टेलिकम टेक्निसियन, ड्रेस मेकर, थान्का आर्ट, थान्का पौवा आर्टस्, फेसन डिजाइनर, बार्बर, बिल्डिङ इलेक्ट्रिसियन छन् । इभेन्ट परियोजनाबाट बेकर ब्रिकलेयर मेसन, भिलेज एनिमल हेल्थ वर्कर, मोटरसाइकल सर्भिस मेकानिक्स, मोबाइल रिपेयर टेक्निसियन, रेफ्रिजेरेसन एन्ड एयर कन्डिसन जुनियर मेकानिक्स, ह्यान्ड इम्ब्रोइडरी छन् ।

nayapatrikadaily

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

प्रधानमन्त्रीले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाए : कांग्रेस

Next Post

विश्वभर कोरोना : ३१ लाख ८९ हजार संक्रमित, २ लाख २७ हजारको मृत्यु

Next Post
भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको कोरोना रिपोर्ट नेगेटिभ

विश्वभर कोरोना : ३१ लाख ८९ हजार संक्रमित, २ लाख २७ हजारको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.