बैशाख २१,
सिन्धुली । लकडाउनका कारण रोकिएको एसईई परीक्षालाई ध्यानमा राखी सिन्धुलीका सामुदायिक रेडियोले दूरशिक्षा माध्यमबाट परीक्षा तयारी कार्यक्रम चलाएका छन्।
जिल्लाका नौ वटै स्थानीय तह, प्लान इन्टरनेसनल नेपाल, हेन्डस नेपाल सिन्धुलीको आर्थिक सहयोगमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले कार्यक्रम थालेका हुन्। इकाइ प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार कार्यक्रम आइतबार (वैशाख २१) देखि जेठ १५ गतेसम्म पहिलो चरणमा प्रसारण हुनेछ।
एसईई सहयोगी शिक्षा रेडियो कार्यक्रममा पाँच विषयहरु अ्रगेंजी, गणित, विज्ञान, सामाजिक र नेपालीको पठनपाठन हुनेछ। यस वर्ष सिन्धुलीबाट ५ हजार ८ सय १३ परीक्षार्थी एसइई परीक्षामा सहभागी हुने तयारीमा छन्।