Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खोलाबाट उत्पादित विद्युतबाट रामेछापले लाभ उठाउन सकेको छैन

Kumar Shrestha by Kumar Shrestha
May 24, 2020
in विचार
0
खोलाबाट उत्पादित विद्युतबाट रामेछापले लाभ उठाउन सकेको छैन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हामीले जान्दा मेरो बुवा शेरबहादुर तामङ विभिन्न हाट बजारमा गएर सानोतिनो व्यापार–व्यवसाय चलाउनु हुन्थ्यो । त्यसबेला रामेछाप जिल्लामा सोतर्मुमा, साँगुटार, कटहरे, भोटनागी, खिमती, कोलडाँडा, ध्याङडाँडा, सावाडाँडा, नामाडी, गणेशस्थान, अलामपुर, रामेछाप (भँगेरी) मा हाट बजार लाग्थ्यो । ती हाटमा बुवाले लगेका सामान खुबै विक्रि हुन्थ्यो । बुवा गाउँलेले ल्याएका सामान किन्नु पनि हुन्थ्यो । हाट बजारबाट फर्केपछि बन्द व्यापार र सामाजिक कामका कुराहरु गाउँलेहरुलाई सुनाउनु हुन्थ्यो, दुई चार जना जमघट हुने ठाउँ हाम्रै घर हुन्थ्यो । दुई चार रुपैयाँ चलाउन, खेलाउन हामीलाई अप्ठ्यारो थिएन ।

अहिलेको गोकुलगङ्गा गाउँपलिका वडा नम्बर १ चुचुरेमा हाम्रो घर छ । ५० वर्षअघि (२०२८ सालको जनगणना अनुसार) मेरो गाउँघर भएको चुचुरेमा १ हजार ८०६ जनसंख्या थियो भने अहिले (२०६८) ३ हजार २११ पुगेको छ । बुवा शेरबहादुर तामाङ सामाजिक काममा खुवै चासो दिनु हुन्थ्यो । तर काममा कति लाग्न भ्याउनु हुन्थ्यो, त्यो बेग्लै कुरा हो । उहाँले घर व्यवहार गर्दा सुनेका कुराहरुले मलाई सानैदेखि व्यापार व्यवसाय र सामाजिक काममा प्रेरित गरायो । हामी पाँच दाजुभाई सबै आप्mनो क्षेत्रमा स्थापित नै छांै । दाइहरु तीन जना नेपाल आर्मी हुनुहुन्थ्यो । मैले गत निर्वाचनमा नेपाली काँग्रेसबाट चुनाव लड्ने अबसर पाएको थिएँ ।

थोरै मतअन्तरले चुनाव हारें । काँग्रेसका सस्थापक सन्त नेता कृष्णप्रसाद भट्टाई भन्नु हुन्थ्यो– चुनावमा हारजीत हुन्छ, चुनाव हार्दैमा सिद्धान्त हारेको ठान्नु हुन्न । हुन पनि जीवनमा एक पटक मात्र चुनाव जित्नु भयो उहाँले ।

थोरै मतअन्तरले चुनाव हारें । काँग्रेसका सस्थापक सन्त नेता कृष्णप्रसाद भट्टाई भन्नु हुन्थ्यो– चुनावमा हारजीत हुन्छ, चुनाव हार्दैमा सिद्धान्त हारेको ठान्नु हुन्न । हुन पनि जीवनमा एक पटक मात्र चुनाव जित्नु भयो उहाँले । २०१५ सालको निर्वाचनमा गोरखाबाट चुनाव हार्दा पनि वीपी कोइरालाले उहाँलाई सभामुख बनाउनु भएको थियो । अर्थात अपरिहार्य व्यक्तित्व थियो उहाँको । एक पटकको चुनाव हार्दैमा मेरो समाजसेवी भावना हारेका छैनन्, मैले त पिता शेरबहादुर तामाङबाट सिकेको संस्कार भनेकै मानवीय सेवा हो, सामाजिक काम हो ।

मैले जनसेवाकै लागि १३ वटा एम्बुलेन्स र एउटा सव वाहन दान गरेको छु, ती एम्बुलेन्सबाट रामेछापमा विरामीले सेवा पाइरहेको सुन्न पाउँदा मलाई संसारको स्वर्गिय आनन्द प्राप्त हुन्छ । यो मेरो हृदयको कुरा हो । किन भने आप्mना पिता–पूर्खा, बंशावलीको ज्ञान नराख्नेले भविष्य देखाउन सक्दैन भनेझै रामेछाप र आफ्नो गाउँठाउँको बारेमा जानकारी राख्नु हाम्रो पहिलो कर्तव्य हो । 

यतिबेला हामी सबै लक डाउनका कारण घरमै छौं । कोरोना भाइरसका कारण कुनै सवारी साधन चलेका छैनन्, मुलुकको अर्थतन्त्रमा ठूलै असर परेको छ । यसर्थ जिल्लालाई आत्मनिर्भर बनाउन विगतको इतिहास कोट्याउनै पर्ने हुन्छ । विगतको अनुभवसँग बर्तमानको तुलना गरी भविष्यको योजना तर्जुमा गरियो भने हाम्रो समृद्धि टाढा पनि छैन । हरेक जिल्लाले आफैं आत्मनिर्भर बन्ने योजना कार्यन्वयनमा ल्याउन सके भने मुलुक आत्मनिर्भर हुन्छ भन्ने कुरा हृदयमा राखी आजैबाट नयाँ ढंगबाट लाग्नु पर्छ भन्ने मलाई लाग्छ ।

यतिबेला हामी सबै लक डाउनका कारण घरमै छौं । कोरोना भाइरसका कारण कुनै सवारी साधन चलेका छैनन्, मुलुकको अर्थतन्त्रमा ठूलै असर परेको छ । यसर्थ जिल्लालाई आत्मनिर्भर बनाउन विगतको इतिहास कोट्याउनै पर्ने हुन्छ ।

त्यसैले आज मैले चर्चा गर्न खोजेको विषय रामेछापको विगत, वर्तमान र भविष्यको योजना सन्दर्भमा हो । आपूmलाई लगेका केही विचारमाथि विवेचना गर्नमै यो लेख केन्द्रीत गरेको छु । मैले सुने अनुसार रामेछापलाई उहिले दुई नम्बर गौडाका नामले चिनाइन्थ्यो । दूई नम्बर गौडा भनिए पनि रामेछाप डाँडालाई मात्र संकेत गथ्र्यो त्यो नामले । रामेछापको पूर्वमा ओखल्ढुंगा र सोलुखुम्बु, पश्चिममा काभ्रेपलाञ्चोक, उत्तरमा दोलखा, दक्षिणमा सिन्धुली जिल्ला पर्छ । १ हजार ५४४ वर्ग किलोमिटरमा फैलिएको रामेछापको (२०६८ सालको जनगणना अनुसार अहिलेको जनसंख्या २ लाख २ हजार ६४६ छ ।

आजभन्दा करिव ५० वर्षअघि नै अर्थात २०२८ सालमा १ लाख ५७ हजार ३४९ जनसंख्या थियो । रामेछापको जनसंख्या बृद्धि नहुनुमा भौगालिक विकतामात्र कारण छैन, रोजगारीको सम्भवनाको अभाव पनि हो । यहाँबाट बसाईं सरेर तराईका जिल्ला गएका छन्, माओवादीकालमा केही मान्छे विस्थापित पनि भए । पहिले रामेछाप जिल्ला मध्यमाञ्चल विकास क्षेत्रमा पर्दथ्यो, जहाँ १९ वटा जिल्ला समेटिएका थिए । अहिले बागमती प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौसमेत १३ जिल्ला छन् । मध्यमाञ्चल विकास क्षेत्रका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला प्रदेश २ मा पारिएको छ ।

बागमती प्रदेशको २० हजार ३ सय वर्ग किलोमिटरमा करिव ५५ लाख २९ हजार ४५२ जनसंख्या मिलेरै बसेका छन् । रामेछापलाई हिमाली, लेकाली, पहाडी र बेंसीका रुपमा वर्गिकरण गर्न सकिन्छ ।

बागमती प्रदेशको २० हजार ३ सय वर्ग किलोमिटरमा करिव ५५ लाख २९ हजार ४५२ जनसंख्या मिलेरै बसेका छन् । रामेछापलाई हिमाली, लेकाली, पहाडी र बेंसीका रुपमा वर्गिकरण गर्न सकिन्छ । जिल्लाको सुदूर उत्तरी सिरानचोक लेकभन्दा उत्तरतिरको ४ हजार ८४८ मिटर उचाईंभन्दा माथिको भागलाई हिमाली भेगमा राख्न सकिन्छ । त्योभन्दा अग्लो नुम्बुर हिंचुलीको उचाईं ६,२५८ मिटर छ  भने ६,२५८ को रामादिंचुली, ५,५०२ मिटर उचाईंको गोकुलचुली, ६,७५७ मिटर अग्लो लिखुचुली, ६,६७८ मिटर अग्लो गाकोशिरजस्ता हिमालहरुको पूर्वार विकास गर्दै हामीले प्रचार गर्ने गरी योजना बनाउनु पर्छ । यी हिमालहरुलाई केन्द्रमा राखेर पर्यटनको आकर्षक ठाउँ बनाउने योजना पालिकाहरुले बनाउन सक्नु पर्छ । पाँच पोखरी, जटा पोखरी जिल्लाका प्रसिद्ध पोखरी हुन्, जहाँ मानव बस्ती छैन । नुम्बुर हिंचुली, रामादिंचुली, गोकुलचुली, लिखुचुली, गाकोशिर र सुर्मोचेजस्ता हिमाल हाम्रो रामेछापमै पर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । हामीसँग बहुमूल्य कुरा छन् तर तीनको सदुपयोग कसरी गर्ने भन्ने विशेष योजना छैन ।

त्यस्तै जिल्लाको उत्तर–पूर्वी खाल्टेदेखि सिरानचोकसम्मको भागलाई अर्थात २,७०० मिटरसम्मको भूभागलाई लेकाली भेग भन्न सकिन्छ । ३,११२ मिटरको ताँवेडाँडा, ४,२५५ मिटरको सिरानचोक लेक, पश्चिमतिरको ३,१३८ मिटरको सैलुङ लेक प्रसिद्ध छ । यीनलाई आधार बनाएर योजना ल्याउन सकियो भने आन्तरिक पर्यटक थेग्न हामीलाई हम्मेहम्मे पर्छ । पहाडी भेग र बेशीको आप्mनो छुट्टै महत्व छ । १२ सय मिटरभन्दा तलतिरको भू–भागमा तामाकोशी, सुनकोशी, लिखु खोला, खिमती खोला, चौंरी खोला किनारका फाँटहरु, साँगुटार, मन्थली फाँट, च्याटीटार आदि अनेकौं धानखेती हुने टारहरु छन् । कृषिका लागि नयाँ प्रविधिको प्रयोग गर्दै उत्पादन बढाउनु पर्छ ।

स्थानिय जनताले उत्पादित विद्युतबाट लाभ लिन सक्ने आधारको खोजि गर्दै निर्माणाधिन नयाँ योजनमा स्थानियलाई शेयर वितरण गरिनु पर्छ भन्ने लाग्छ । किनभने स्थानिय जनता धनी नभइ नेपाल धनी हुनै सक्दैन । 

पहाडी भेग भन्नाले १२ सय मिटरसम्मको भूभाग हो । मलिलो, उब्जाउपूर्ण र खेती योग्य भएकाले बाक्ला गाउँहरु पहाडी भेगमा छन् । रुपकोट, आमचौर चिसापानी, थाकलेकको हावापानी अति नै राम्रो छ । सुनकोशी, तामाकोशी, मिलती खोला, खिमती खोला, लिखु खोला, खानी खोला, चौंरी खोला रामेछापलाई परिचय गराउने नदीहरु हुन् । यी खोलाबाट उत्पादित विद्युतबाट रामेछापले लाभ उठाउन सकेको छैन । स्थानिय जनताको अधिकार सुरक्षित गर्ने गरी परिवर्तित सन्दर्भ अनुकुलका योजना ल्याउन आवस्यक छ । स्थानिय जनताले उत्पादित विद्युतबाट लाभ लिन सक्ने आधारको खोजि गर्दै निर्माणाधिन नयाँ योजनमा स्थानियलाई शेयर वितरण गरिनु पर्छ भन्ने लाग्छ । किनभने स्थानिय जनता धनी नभइ नेपाल धनी हुनै सक्दैन । 

रामेछापबाट ९० किलोमिटर टाढाको बाटो काठमाडौ हिड्दै जान कुनै बेला ४, ५ दिन लाग्थ्यो, अहिले तीन घण्टामा काठमाडौ पुगिन्छ । यसलाई सुविधा मात्र नमानी आर्थिक उपार्जनको माध्याम बनाउन नगरपालिका र गाउँपालिकाहरुले योजना बनाउन सक्नु पर्छ । २०३०–३१ सालताका रामेछापको चिसापानीका तीन चार सय घरहरुमा खाँडीका कपडा बुनिन्थ्यो, आपूmलाई पुगेर उब्रेको बजारमा लगेर बेञ्ने चलन थियो । गुम्देल गाउँका शेर्पाहरु गलैंचा, राडी, पाखी, लुकुनी, कम्बल आदि बनाउथे, अहिले त्यो चलन हराएको छ ।

उनीहरुमा व्यापार व्यवसाय गर्ने अभ्यास उतिबेलै थियो । ठोसे र साँगुटारको सानो बजारबाट मात्र ३ सय मे.टन सामान जिल्ला बाहिर जान्थ्यो । बाँकी भेरीका कुमालेहरु माटाका भाँडा बनाउनमा प्रसिद्ध थिए । ठोसेको फलाम खानी उतिबेला प्रसिद्ध थियो तर धाउ पगाल्दा जंगल नास भएकाले बन्द गरियो । अहिले सम्भवना खोज्न सकिन्छ नि, हैन र ? खुर्कोट–रामेछाप–मन्थलीको बाटो भएर एक वर्षमा  २ हजार २८० जना व्यापरी हिड्थे भन्ने कुरा १९७१ मा प्रकाशित  तामाकोशी–खिम्ति सडक आयोजनको प्रतिवेदनमा उल्लेख छ ।

करिव २६ हजार मान्छे त हाट बजारका लागि हिड्थे । यो सडकमा वर्षभर ६२ हजार ५० जना मान्छे एकातर्फ मात्र हिड्थे, अहिले सायद एक सातामा हिड्छन् । हामीले पुरानो हाम्रो परम्परा खोजी गरी आधुनिक ढंगले काम गर्ने प्रयास गर्नुको अर्को विकल्प छैन ।

 करिव २६ हजार मान्छे त हाट बजारका लागि हिड्थे । यो सडकमा वर्षभर ६२ हजार ५० जना मान्छे एकातर्फ मात्र हिड्थे, अहिले सायद एक सातामा हिड्छन् । हामीले पुरानो हाम्रो परम्परा खोजी गरी आधुनिक ढंगले काम गर्ने प्रयास गर्नुको अर्को विकल्प छैन । हामीले जनसंख्या बृद्धिको आधारमा कम्तिमा ५० वर्षका लागि आत्मनिर्भरता सहितको व्यवहारिक योजना अगाडी सार्नु पर्छ । अन्यथा जुन जोगी आए पनि कानै चिरेको भनेझै हुन्छ । राजनीत गर्नेहरुप्रति अनास्था पैदा हुन्छ । अन्ततः अनास्थाले व्यवस्थालाई नै चुनौती दिन्छ । यसर्थ रामेछापका दुई नगरपालिका र छ गाउँपालिकाले लोकतान्त्रिक व्यवस्थाको गरिमा बढ्ने गरी काम देखाउन सक्नु पर्छ । 

अन्तमा मैले भन्नै पर्छ– गत निर्वाचनमा रामेछाप जिल्लामाथि अन्याय भएको छ । जनसंख्यालाई मात्र आधार बनाइदा रामेछापमाथि अन्याय भएको हो । ४१३ वर्ग किलोमिटरमा फैलिएको ललितपुरमा ३ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । जवकि रामेछाप जिल्ला १,५४४ वर्ग किलोमिटरमा फैलिएको छ ।  जिल्लाका सबै वडा पुग्ने हो भने कम्तिमा २०,२५ दिन लाग्छ । रामेछापभन्दा कयौं गुना सानो भक्तपुरमा दुई वटा निर्वाचन क्षेत्र कायम छ । भक्तपुरको क्षेत्रफल  ११९ वर्ग किलोमिटर छ । १.६ किलोमिटर पूर्व–पश्चिम र उत्तर–दक्षिण ११.२ किलोमिटर रहेको भक्तपुर जिल्ला एक दिनमा पुरै घुम्न सकिन्छ ।  रामेछापभन्दा एक सय वर्ग किलोमिट सानो काभ्रेमा दुई वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । यसर्थ यो विभेद सच्याइनु पर्छ ।
( तामाङ काँग्रेस महासमिति सदश्य तथा नेपाली काँग्रेसले हालै गठन गरेको लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिको सदस्य हुनुहुन्छ )

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

फेसबुक पोष्टका कारण वाग्ले प्रहरी फन्दामा, के लेखेका थिए हेर्नुहोस्

Next Post

आफ्ना नागरिकलाई समस्या पर्दा राज्यले संरक्षण दिनुपर्छ,यो राज्यको कर्तव्य हो

Next Post
आफ्ना नागरिकलाई समस्या पर्दा राज्यले संरक्षण दिनुपर्छ,यो राज्यको कर्तव्य हो

आफ्ना नागरिकलाई समस्या पर्दा राज्यले संरक्षण दिनुपर्छ,यो राज्यको कर्तव्य हो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.