Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फेसबुक पोष्टका कारण वाग्ले प्रहरी फन्दामा, के लेखेका थिए हेर्नुहोस्

जनता भ्वाइस by जनता भ्वाइस
May 24, 2020
in राष्ट्रिय समाचार, समाचार
0
फेसबुक पोष्टका कारण वाग्ले प्रहरी फन्दामा, के लेखेका थिए हेर्नुहोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ ११,

रामेछाप । मन्थली नगरपालिका वडा नं. १ थापाचोकमा किराना पसल संचालन गरि बस्ने युवा संजय वाग्लेलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । जेठ १० गते उनले आफ्नो फेसबुक पेजमा भारतबाट ‘प्रहरीको सेटिङ्ग’ मा मानिसहरु रामेछाप ल्याइएको भन्ने जानकारी फोटो सहित् पोष्ट गरेका थिए ।

सोही पोष्टको बारेमा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको कार्यालयका प्रमुख वसन्त पाठकले जनता भ्वाइसलाई जानकारी दिए । घटनाको बारेमा जानकारी दिँदै पाठकले भने, ‘उहाँको फेसबुक पोष्टमा प्रहरी विरुद्ध भ्रामक कुराहरु लेखेर पोष्ट गरेको पाइयो । त्यसैले उनलाई सोधपुछको लागि पक्राउ गरिएको हो ।’

वाग्लेको फेसबुकबाट यो पोष्ट हटाइएको छ ।

‘साइबर क्राइम अन्र्तगतको मुद्धा चलाउन मिल्ने हो या होइन भन्ने विषयमा उहाँसँग कुराकानी भइरहेको छ । यदि आफूले गल्ती गरेको स्वीकार गरी माफी मागेको खण्डमा उनलाई छाड्न पनि सकिन्छ ।’ पाठकले भने ।
भारतको सीमावर्ती क्षेत्र कंचनपुरबाट उनीहरुलाई काठमाडौं हुँदै ल्याइएको हो । रामेछाप लगायत अन्य विभिन्न जिल्लाका नागरिकहरुलाई एम्बुलेन्स मार्फत ल्याइएको प्रहरी प्रमुख पाठक बताउँछन् ।

वाग्लेले आफ्नो फेसबुकमा लेखेको ‘प्ररहीको सेटिङ्ग’ भन्ने कुरालाई बढी महत्वका साथ रामेछाप प्रहरी प्रशासनले बुझेको अनुमान गर्न सकिन्छ ।
‘प्रहरीको सेटिङ्ग भनेको प्रहरी सम्पर्कबाट मानिसहरु ल्याइएको भन्ने बुझ्न सकिँदैन ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा पाठकले भने, ‘के कसो हो, सोधपुछ भइरहेको छ । बाँकी विवरण पछि आउला ।’
वाग्लेले आफ्नो फेसबुकमा राखेको उक्त सामग्री हाल हटाइसकेका छन् । फाइल फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

चीनबाट हिड्यो-काठमाडौँका लागि रेल, ८ दिनमा आइपुग्ने

Next Post

खोलाबाट उत्पादित विद्युतबाट रामेछापले लाभ उठाउन सकेको छैन

Next Post
खोलाबाट उत्पादित विद्युतबाट रामेछापले लाभ उठाउन सकेको छैन

खोलाबाट उत्पादित विद्युतबाट रामेछापले लाभ उठाउन सकेको छैन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...