मानव समाज यतिबेला एउटा कठिन मोडमा पुगेको आभाष हुन्छ । विश्वव्यापी फैलिएको भाइरस आतङ्कले सबैलाई दुखी र त्रसित बनाएको छ ।
सन् २०१९ को अन्तिम महिनामा छिमेकी राष्ट्र चिनको वुहान प्रान्तमा देखा परेको नोबेल कोरोना भाइरस यस शताब्दीकै भयानक आतंक बन्न पुगेको छ । सन् २०२० मा आइपुग्दा कोभिड १९ को नामबाट कुख्तयात् यस भाइरसले कथित शक्तिराष्ट्रहरुलाई आफ्नो आौकातमा ल्याएको मात्र छैन, छ महिना लामो आततायी सङ्क्रमणले यो आलेक तयार पार्दासम्म तीनलाख पैंतीस हजार हाराहारी अमूल्य मानव जीवन समाप्त पारिसकेको छ ।
हालसम्म उपचारको कुनै अत्तोपत्तो नभेटिएको यस विषाणुको सङ्क्रमण दर हेर्दा स्थिति भयावह रहेको देखिन्छ । पचास लाख भन्दा बढी मान्छे यतिबेला विश्वभरमा सङ्क्रमित रहेका छन् । शक्तिराष्ट्रद्वय अमेरिका र रसिया भाइरस पीडितको सूचीमा पनि पहिलो र दोश्रो स्थानमा रहेका छन् । त्यसपछि क्रमशः ब्राजिल, इटली, फ्रान्स, जर्मनी, बेलायत लगायतका पश्चिमी देशहरु रहेका छन ।
सङ्क्रमणको दर अफ्रिकी र एसियाली देशहरुमा पनि तीव्ररुपले बढ्दो छ । सम्पूर्ण मानव सभ्यताका लागि अभिशाप बनेको यो आततायी कोरोना सङ्क्रमण किन पनि घातक बन्दै गएको छ भने यसबाट आक्रमित व्यक्तिमा सामान्य र मौसमी रुघाखोकी भन्दा जटिल लक्षण र प्रभाव देखा पर्दछन । अन्य सामान्य भाइरससँग भन्दा यस भाइरस विरुद्ध लड्न उच्च शारीरिक प्रतिरोधात्मक क्षमताको खाँचो पर्दछ । यस्तो क्षमताको कमीले गर्दा नै विश्वभर सङ्क्रमित हुने र मृत्य हुनेको संख्या दिन प्रतिदिन बढ्दो छ ।
सङ्क्रमणको दर अफ्रिकी र एसियाली देशहरुमा पनि तीव्ररुपले बढ्दो छ । सम्पूर्ण मानव सभ्यताका लागि अभिशाप बनेको यो आततायी कोरोना सङ्क्रमण किन पनि घातक बन्दै गएको छ भने यसबाट आक्रमित व्यक्तिमा सामान्य र मौसमी रुघाखोकी भन्दा जटिल लक्षण र प्रभाव देखा पर्दछन ।
सामन्य र मौसमी रुघा खोकीजन्य रोग अथवा अरु सामान्य भाइरल सङ्क्रमणबाट बिरामी हुने हरुको मृत्युको जोखिम एक प्रतिशत् भन्दा तल रहेको पाइन्छ भने कोरोना सङ्क्रमित रोगीहरुको मृत्युदर लगभग तीन दशमलव चार प्रतिशत देखिएको छ ।
यस सङ्क्रमणको अर्काे गाह्रो पक्ष भनेको यसका विरुद्ध कुनै पनि एन्टिवायोटिकले काम गर्दैन र यसको उपचारमा एन्टिवायोटिक वर्जित छ । अर्कातिर, यो भाइरस धेरै चिसो र तातोमा पनि निकै बेर स्थिर रुपमा रही रहने शक्तिका कारण पनि अझ घातक बन्न पुगेको छ ।
त्यसैले, खाद्यपदार्थको स्वच्छता र सुरक्षामा विज्ञहरुले जोड दिने गरेका छन् । सामान्य रुघा खोकी, ज्वरो, टाउको दुख्ने, घाँटी दुख्ने जस्ता यस सङ्क्रमणका केही प्रारम्भिक लक्षणहरु हुन् भने कसै कसैलाई एक्कासी उच्च ज्वरो पनि आउन सक्छ । कसै कसैमा त यसको सङ्क्रमणले ढिलो प्रभाव पार्ने गरेको पनि देखिएको छ र उनीहरु केही समय सामान्य रुपले आफ्ना दैनिक कार्य गरिरहेका हुन्छन र सम्पर्कमा रहेका अरुलाई समेत सङ्क्रमणको जोखिम बढाइरहेका हुन्छन् ।
सार्सको तुलनामा यो अधिक शक्तिशाली भएको र ठाउँ, हावापानी अनुसार अलि अलि स्वरुप परिवर्तित गर्दै फैलिने हुनाले यसले डरलाग्दो महामारीको रुप धारण गरेको विज्ञहरु बताउँछन् ।
यसको आक्रमण वा सङ्क्रमण फोक्सोसम्म पुगेमा चाहिँ रोगीलाई निमोनिया हुने, श्वासप्रश्वासमा समस्या हुने गर्दछ । अन्य केही लक्षणहरुमा पेट तथा पुरै शरीर दुख्ने, अति निर्बल हुने, वाक्वाकी हुने, स्वाद र गन्धका ग्रन्थी कमजोर हुने जस्ता लक्षण देखिन सक्छन ।
यसको सङ्क्रमणले कुनै उमेर समूह छुट्याउदैन भने प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुनै बढी खतरामा रहेको देखिएको छ । दीर्घरोगीहरु, अशक्तहरु, सुत्केरीहरु, वृद्धवृद्धाहरु अलि बढी नै जोखिममा रहने हुनाले सतर्कता अपनाउनु आवशयक हुन्छ ।
हाल देखा परेको भाइरस सार्स भाइरसकै विकसित रुप भएको कुरा विश्व स्वास्थय सङ्गठनले पत्ता लगाएको छ । सार्सको तुलनामा यो अधिक शक्तिशाली भएको र ठाउँ, हावापानी अनुसार अलि अलि स्वरुप परिवर्तित गर्दै फैलिने हुनाले यसले डरलाग्दो महामारीको रुप धारण गरेको विज्ञहरु बताउँछन् ।
कोभिड १९ यसको पछिल्लो स्वरुप हो भने यसै समूहका अन्य विषाणुहरु समेत विगतमा देखा परेका र मानिसका साथै अन्य जीवजन्तु हरुमा पनि क्षति पुर्याएका उदाहरणहरु छन् ।
यसबाट बच्न र क्षतिको मात्रा कम गर्न समाज, समुदाय र देशहरुले आ–आफ्नो ठाउँबाट सुरक्षा र सावधानीका उपायहरु अवलम्बन गर्नु अति आवश्यक छ । उपचार पत्ता लागि नसकेकोले पनि यसको सङ्क्रमणबाट देखापर्ने लक्षणहरुको रोकथाम गर्दै, सङ्क्रमितहरुलाई एकान्तवासको व्यवस्था गरि विशेष स्याहार सुसार गर्दै टेस्ट रिपोर्ट नेगेटिभ बनाउने प्रयत्न गरिनुपर्दछ ।
काम विशेषले बाहिरबाट आउनुभएको छ भने अनिवार्य रुपमा साबुन पानीले हातमुख धोएर मात्र घर अथवा कार्यालय भित्र प्रवेश गर्नुपर्दछ ।
विषाणुको सङ्क्रमणबाट बच्न विशेषज्ञले दिएका सुझाव, देशको स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले जारी गरेका निर्देशनको पालना गरिनुपर्दछ । मान्छेबाट नै सङ्क्रमण बढ्ने र उपचार पनि उपलब्ध नरहेको यस्तो भयानक र घातक भाइरसबाट आफू पनि बच्न र अरुलाई पनि बचाउँन पहिलो शर्तका रुपमा सामाजिक दुुरीको पालना गर्नुपर्छ । काम विशेषले बाहिरबाट आउनुभएको छ भने अनिवार्य रुपमा साबुन पानीले हातमुख धोएर मात्र घर अथवा कार्यालय भित्र प्रवेश गर्नुपर्दछ ।
विभिन्न सार्वजनिक क्षेत्रमा जानुपर्ने व्यक्तिहरुले बीच बीचमा साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्नुपर्दछ । अर्काे सुरक्षा कवच भनेको मास्कको प्रयोग हो । मास्क नभेटेको खण्डमा सफा कपडाले पनि नाकमुखको सुरक्षा गर्न सकिन्छ । आँफुलाई हाछ्युँ वा खोकी लागेमा नाकमुख छोपेर अरुलाई छिट्टा नपरोस भन्ने कुराको ख्याल गरिनुपर्दछ ।
त्यस्तै घर, अफिस अथवा अन्य सार्वजनिक स्थलमा छोइरहनुपर्ने टेबुल, कुर्सी, कागजपत्र, रेलिङ, एटिएम जस्ता चिजहरुको समय समयमा सरसफाई गरिनुपर्छ भने प्रयोयकर्ताले पनि सेनिटाइजरको प्रयोग गर्नुपर्छ ।
त्यस्तै घर, अफिस अथवा अन्य सार्वजनिक स्थलमा छोइरहनुपर्ने टेबुल, कुर्सी, कागजपत्र, रेलिङ, एटिएम जस्ता चिजहरुको समय समयमा सरसफाई गरिनुपर्छ भने प्रयोयकर्ताले पनि सेनिटाइजरको प्रयोग गर्नुपर्छ । अन्यथा सङ्क्रमणको खतरा बढ्न सक्छ । यसरी यो घातक भाइरसलाई आफ्नो घर परिवार सम्म आउन नदिन सकेसम्म घरमै सुरक्षित बस्ने र आवश्यकता नभइ बाहिर ननिस्किनुु नै सबैभन्दा भरपर्दाे उपाय हो ।
कुनै पनि व्यक्ति वा परिवारको सदस्यमा यसबाट आउने कुनै लक्षण देखा परेमा आवश्यक दुरी कायम गर्दै परीक्षण गराउन लानुुपर्दछ । अन्य उपायहरुमा विज्ञहरुले बताए अनुसार खानामा शाकाहारी भोजनमा जोड दिने, कागती, फलफुल सकेसम्म दैनिक खाने । त्यसरी नै अदुवा, लसुन, बेसार, ज्वानो, धनियाको दैनिक उपभोगका साथै जेष्ठीमधु, गुर्जाे, दालचिनी, हर्राे, बर्राे, टिमुर , लगायतका स्वदेशी जडिबुटीहरुको प्रयोग गरेर प्रतिरोधात्मक क्षमता वढाउने उपायहरु अवलम्बन गर्नु उत्तम हुन्छ ।
हाम्रो देशमा पनि अवश्यम्भावी देखिएको भोकमरी, गरिबी र बेरोजगारीको समस्यालाई अहिले देखिनै ध्यानमा राख्दै, वर्तमान अवस्थामा यो भाइरस सङ्क्रमणको गतिलाई निस्तेज पार्दै, यस कठिन मोडबाट देश र जनतालाई सकुशल निकाल्न सक्ने सामर्थ्य र सद्बुद्धि सरकारलाई मिलोस् ।
वास्तवमा कोभिड १९ ले संसारका प्राय सबै देशहरुमा त्राहिमामको स्थिति सिर्जना गरेको छ भने करोडौं मानिसहरु आफ्नो सामान्य जीवन यापनको क्रमभङ्गतामा पुगेका छन । शारीरिकसँगै आर्थिक, सामाजिक, राजनीतिक र मनोवैज्ञानिक त्रासको स्थिति बनेको छ । अर्बाैं खर्बाैंको दैनिक घाटामा चलेका उद्योग व्यवसायका क्षेत्रहरुले कसरी आफुलाई सम्हाल्लान् त्यो अनिश्चित छ ।
पिछडिएका र कम विकसित देशका नागरिकहरु जीवनयापनका न्यूनतम् सुविधाबाट समेत बञ्चित हुनसक्ने डरलाग्दो स्थिति आउन नदिन ती देशहरु कसरी अगाडि बढलान् भन्ने जटिल प्रश्न खडा भएको छ यतिखेर ।
हाम्रो देशमा पनि अवश्यम्भावी देखिएको भोकमरी, गरिबी र बेरोजगारीको समस्यालाई अहिले देखिनै ध्यानमा राख्दै, वर्तमान अवस्थामा यो भाइरस सङ्क्रमणको गतिलाई निस्तेज पार्दै, यस कठिन मोडबाट देश र जनतालाई सकुशल निकाल्न सक्ने सामर्थ्य र सद्बुद्धि सरकारलाई मिलोस् ।
रोग, भोक, शोक र गरिबीबाट कोही पनि थिलथिलो हुनु नपरोस । यस विपदको दलदलबाट देश सहित सम्पूर्ण जनताको सुरक्षित अवतरण हुन सकोस् ।
(लेखक नवक्षितिज कलेज बर्दिबासका प्रोफेसर हुन्)