Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापका तरकारी ब्यवसायी आन्दोलित, तरकारी बजार अनिश्चित कालका लागि बन्द

Milan Ghimire by Milan Ghimire
May 24, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापका तरकारी ब्यवसायी आन्दोलित, तरकारी बजार अनिश्चित कालका लागि बन्द
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
जेठ ११,

रामेछाप । रामेछापको सदरमुकाम मल्थलीका तरकारी पसलेहरुले विरोध स्वरुप तरकारी पसल अनिश्तिच कालका लागि बन्द गर्ने बताएका छन् । जिल्लमा बिहान ४ घण्टा ६ बजेदेखि ९ बजेसम्म पसल संचालन हुँदै आएको थियो ।

आइतबार उनीहरुले समुहिक रुपमा ३ बुँदे माग सहित् पसल बन्द गरेका हुन् । यस विषयमा जानकारी दिँदै रामेछाप उद्योग वाणिज्य संघका महासचिव नवराज ढुङ्गेलले जनता भ्वाइससँग भने, ‘हामीले तरकारी व्यवसायीहरुलाई हतारमा त्यस्तो निर्णय नलिनुस्र, दैनिक उपभोग्य सामग्रीहरुको अभाव दिनु हुँदैन ।

तपाईंहरुको माग अनुसार प्रमुख जिल्ला अधिकारीलाई यस विषयमा जानकारी गराइने छ । अहिलेलाई यो कार्यक्रमलाई स्थगन गर्नुहोस् ।’ रामेछाप उद्योग वाणिज्य संघले यस्तो सुझाव दिएपछि व्यवसायीहरु फर्किएको ढुङ्गेलले बताएका छन् । उनीहरुले प्रत्येक तरकारी पसलका एक जनाको आरडिटी जाँच गरि दिन माग गरेका छन् ।

त्यस्तै बन्दाबन्दीको मौका छोपी फेन्सी तथा खाद्यान्न पसलहरुले पनि तरकारीको व्यापार गरेको र स्थानीय कृषकहरुले पनि फुटपाथको व्यापार सुरु गरेका कारण आफूहरुको व्यवसाय धरापमा परेको र त्यसलाई तत्काल रोक्न उनीहरुले माग गरेका हुन् ।

उनीहरुले रातारात मानिसहरु भारत लगायतका देशबाट आइरहेको बताउँदै सो कार्यले कोरोनाको जोखिम बढेको पनि बताएका छन् । मन्थलीमा संचालित तरकारी पसल सञ्चालकहरुले यहाँस्थित रमेश किराना पसलले खाद्यान्न पसलमा तरकारी खुलेआम रुपमा बिक्री गर्दा पनि नियमनकारी निकाय भने मौन बसेको गुनासो गरेका छन् । JV फोटो/फाइल

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अर्बाैं खर्बाैंको दैनिक घाटामा चलेका उद्योग व्यवसायका क्षेत्रहरुले कसरी आफुलाई सम्हाल्लान् ?

Next Post

नक्सा आयो, भूमि कहिले फिर्ता ल्याउने ?

Next Post
नक्सा आयो, भूमि कहिले फिर्ता ल्याउने ?

नक्सा आयो, भूमि कहिले फिर्ता ल्याउने ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.