प्रधानमन्त्रीलाई खाडीको ५० डिग्री तातो मौसममा तातो तातो नमस्कार ।
यहाँ म सन्चै छु । अहिलेसम्म कोरोनाले जीवितै राखेको छ । यसमा खुसी नै छु । सुनेको छु, हजुरको पनि अहिले स्वास्थ्य अवस्था राम्रै छ रे । केही महिना अघिमात्र हजुरको मिर्गौला प्रत्यारोपण भयो रे ।
नेपाली भूमिमा नै नेपाली जनताको छोरा छोरीले नै हजुरको मिर्गौला प्रत्यारोपण सफल गराएको खबर विभिन्न पत्रपत्रिका र संचार माध्यमबाट सुन्ने र पढ्ने मौका पाएँ । यो खबरले अत्यन्तै खुसी भएँ । किनभने म पो एउटा गरिब सहिदको छोरी, उचित शिक्षा, सीप र अवसरबाट बन्चित भएँ र खाडीमा ५० डिग्री तापक्रममा भारी बोक्दै छु ।
केही हुने खाने नेपालीका छोराछोरी सफल डाक्टर भएछन् र तपाईंलाई पुन र्जीवन दिन सक्ने भएछन् । पहिला पहिला त प्रधानमन्त्रीज्यू उपचार गर्न विदेश जानु हुन्थ्यो यो पटक त नेपालमै आफ्नो उपचार गर्नु भयो । यसमा सबैले खुसी मान्नु पर्छ र मैले पनि मानेँ । मैले पनि मन मनमा नै भगवानसङ्ग हजुरको लामो आयु मागेको थिएँ ।
प्रधानमन्त्रीज्यू, म पनि मेरी आमाको मिर्गौला फेल भएको छ । उहाँकै मिर्गौला फेर्नकोलागि विदेशी भूमिमा रगत र पसिना बगाउन आएको हूँ । सुनेको छु, मिर्गौला प्रत्यारोपण गर्न करोडौं लाग्यो रे हजुरको । मेरो त करोडौं खर्च गर्ने हैसियत छैन ।
बाबा देशको मुहार फेर्छु, थोत्रा र सडेगलेका बेथितिको अन्त्य गर्छु । शोषण, दमन, अन्याय, अत्याचार देशबाट निर्मूल पार्छु भनेर वि.सं. २०५३ सालमा तत्कालीन माओवादी पार्टीमा लागेर हिँड्नु भयो रे । त्यो बेला म आमाकै गर्भमा थिएँ रे । त्यसपछि बाबा फर्केर आउनु भएन रे । खै जुम्लाको खलंगामा सहिद हुनुभयो रे भन्ने खवर आमाले पाउनु भएछ तर लास पनि मेरी आमाले देख्नु भएनछ ।
म त गर्भे टुहुरी । मेरी आमाले तत्कालीन सरकार र माओवादीको चपेटामा मलाई कसरी हुर्काउनु भयो त्यो त मेरी आमालाई नै थाहा होला । मैले उचित शिक्षा दीक्षा त के पेटभरि पनि खान पाइन कतिदिन त ।
जसोतसो मलाई मेरी आमाले हुर्काउनु भयो । बाबा माओवादीमा लागेर घर छोडेर हिड्नु भएपछि सरकारले हाम्रो घरमा आगो लगाइ दिएछ ।आमाले भागेर ज्यान बचाउनु भएछ ।
गाउँकै सरकारी स्कुलमा कक्षा ५ सम्म पढेँ । २०६२–०६३ सालमा शान्ति सम्झौता भयो । देशमा संविधानसभाको चुनाव पनि भयो । नयाँ संविधान पनि लेखियो । मेरो बाबाले देखेको सपना जस्तै देशामा गणतन्त्र पनि आयो ।
अनि मलाई पनि मामा घरमा जिम्मा लगाएर त्यहीँ पार्टीको झोला बोकेर हिँड्नु भएछ । मेरी आमा पनि दाङको घोराही आक्रमणमा घाइते हुनु भएछ । मेरी घाइते आमालाई साथीहरूले बाटोमै छोडेर हिडेछ्न । मेरी आमालाई हजुरआमाले खोजेर ल्याइ आफ्नो माइतीमा लुकाएर राखी बचाउनु भएछ । आमाको मुख मैले १० वर्ष पछि मात्रै देख्न पाएँ । मामाघरमा दुःख, सुख हुर्किएँ ।
गाउँकै सरकारी स्कुलमा कक्षा ५ सम्म पढेँ । २०६२–०६३ सालमा शान्ति सम्झौता भयो । देशमा संविधानसभाको चुनाव पनि भयो । नयाँ संविधान पनि लेखियो । मेरो बाबाले देखेको सपना जस्तै देशामा गणतन्त्र पनि आयो । राजा हटाएर राष्ट्रपतीय शासन व्यवस्था पनि भयो । देश संघीयतामा पनि गयो ।
जब देशमा नयाँ व्यवस्था आयो, तब केही मुट्ठीभरका मानिसहरूले नयाँ नेपालको अनुभूति पाए । म १५ वर्षको हुँदा मेरी आमा बिरामी पर्नु भयो । चेकजाँच गर्दा थाहा भयो, उहाँको मिर्गौला हजुरको जस्तै फेल भएछ । सहयोग हुन्छ कि भनेर पार्टीका ठुलाठुला नेतालाई भेट्न् गयौँ ।
धेरैलाई आफ्नो दुःख देखायौँ । कतिको मैले खुट्टा पनि समातेँ तर कसैले केही गरेनन् । अलिकति भएको खेतबारी र घर पनि बेचेर आमाको उपचार गरेँ तर मिर्गौला प्रत्यारोपण गर्न सकिँन । जब म १८ वर्ष भए अनि गाउँको साहुसङ्ग सयकडा ५ ले १ लाख ऋण लिएर विदेश पसेँ । आमाको मिर्गौला प्रत्यारोपण गर्ने पैसा कमाउन । म विदेश हिँडेको पनि आज ६ वर्ष भईसक्यो । राम्रो शिक्षा र केही सीप भएको भए त पैसा पनि राम्रै कमाइ हुन्थ्यो होला ।
उता नेपालमा पनि दैनिक संक्रमितको संख्या बढी राखेको छ । सुनेको छु, मिर्गौला, मुटु, सुगर, दम, प्रेसर आदिका बिरामीलाई यसले बढी असर गर्छ । यो सुन्दा मुटु दुखेर आउँछ ।
प्रधानमन्त्रीज्यू, ५० डिग्रीको तातो घाममा जति पसिना बगाएपनि महिनामा ३० हजार कमाउथेँ । त्यो पैसा म आफू खाउँ कि मेरी आमाको मिर्गौला प्रत्यारोपण गर्न जम्मा गरौं ?
तै पनि हिम्मत हारेकी थिइँन । तर कोरोना भाइरस कोभिड १९ ले गर्दा विश्व लकडाउनमा जाँद मेरो त यहाँ कम्पनी नै बन्द हुने भो । अहिले त काम पनि छैन दाम पनि छैन । यहाँको सरकारले सकेसम्म छिटो आफ्नो देश जानू भनेको छ ।
प्रधानमन्त्रीज्यू, कोरोनाले कसैलाई छोडेको छैन । सायद् यता म नेपाल आमा र मेरी आमाको मुखै नदेखी मर्न पनि सक्छु । उता नेपालमा पनि दैनिक संक्रमितको संख्या बढी राखेको छ । सुनेको छु, मिर्गौला, मुटु, सुगर, दम, प्रेसर आदिका बिरामीलाई यसले बढी असर गर्छ । यो सुन्दा मुटु दुखेर आउँछ ।
प्रधानमन्त्रीज्यू, मेरी आमा पनि मिर्गौला पीडित हो । उहाँलाई कोरोना भाइरस संक्रमण भयो भने उहाँको मुख हेर्न पाउँला कि नपाउँला ? उहाँको मिर्गौला प्रत्यारोपण गर्न भ्याउँला नभ्याउँला । यहाँ पनि हजारौं नेपालीलाई संक्रमण भैसकेको छ । मेरै कम्पनीमा काम गर्ने सयौं साथीहरू संक्रमित भई सकेका छन् । धनी मानिसहरु यूरोप र अमेरिकतिर छन् । त्यहाँ त सयौंले ज्यान गुमाइ सके रे । झन यहाँको त कुरै नगरौँ ।
प्रधानमन्त्रीज्यू, चीनमा पढ्न गएका धनीमानीका छोराछोरीलाई त उद्दार गर्नुभयो । हामी खाडीमा पसिना र रगत बगाउने नेपालीको बारेमा केही सोच्नु भएको छैन प्रधानमन्त्री ज्यू ?
प्रधानमन्त्रीज्यू, सयौंले ज्यान गुमाइसके । लाखौं अलपत्र छन् । उचित खानपिन र बसाइ छैन । उपचारमा पनि खासै चासो दिइएको छैन । हुन त आफ्नै देशमा रहेका नेपालीको त हजुरले चासो देखाउन सक्नु भएको छैन । झन हाम्रो त पराइ भूमिमा कसले चासो देखाउछ र ?
त्यहाँ पनि नेपालीहरुको बिजोग भएको, खान नपाएको, उपचार नपाएको, क्वारेन्टाइनको राम्रो व्यवस्था नभएको, मृत्युपछि मात्रै कोरोना जाँच भएको समाचार विभिन्न संचार माध्यममा सुन्नु र देख्नु पर्दा मुटु छिया छिया हुन्छ ।
प्रधानमन्त्रीज्यू, चीनमा पढ्न गएका धनीमानीका छोराछोरीलाई त उद्दार गर्नुभयो । हामी खाडीमा पसिना र रगत बगाउने नेपालीको बारेमा केही सोच्नु भएको छैन प्रधानमन्त्री ज्यू ?
यूरोप, अमेरिका, जापान लागायतका देशमा त राम्रै राहत प्याकेज ल्याएको छ रे । तर यहाँ त हामी भोकभोकै मर्ने दिन आएको छ ।
प्रधानमन्त्रीज्यू, केहीदिन अघिको बजेट भाषणमा वैदेशिक रोजगारबाट फर्केर आएकालाई देशमा रोजगार सिर्जना गर्ने, कृषिमा राहत प्याकेज ल्याउने, ऋण सहुलियत दिने कुरा सुनेँ ।
थोरै भए पनि खुशी लाग्यो । तर आफ्नो त खेती गर्ने जग्गा जमिन नै छैन प्रधानमन्त्री ज्यू । तर पनि यहाँ पराया भूमिमा मर्नुभन्दा आफ्नै भूमिमा फर्केर एक मुठी सास फाल्न बेहद रहर छ ।
हजुरले अहिले सबैको बाबाको भूमिका निभाउनु पर्नेछ । नेपालमा रहेकाको मात्रै हैन विश्वको जुनसुकै कुनामा बस्ने नेपालीको बाबा हो हजुर ।
प्रधानमन्त्रीज्यू, छोराछोरीको माया जति धेरै माया कसैको हुँदैन । हुन त हजुरलाई छोराछोरीको माया कस्तो हुन्छ भन्ने थाहा पनि छैन होला, किनकि हजुर बाबा भन्नू भएकै छैन ।
तर यदि हजुर देशकै लागि र जनताकै लागि आफ्नो जीवन समर्पण गर्न राजनीतिमा लाग्नु भएको र राष्ट्रको प्रधानमन्त्री जस्तो गरिमामय पदमा बस्नु भएको हो भने हामी सबै नेपालीको बाबा हो । हजुरले अहिले सबैको बाबाको भूमिका निभाउनु पर्नेछ । नेपालमा रहेकाको मात्रै हैन विश्वको जुनसुकै कुनामा बस्ने नेपालीको बाबा हो हजुर ।
त्यसैले प्रधानमन्त्रीलेज्यू,
म जसरी भए पनि मातृभूमि आउन चाहन्छु । मैले मेरी आमालाई दिएको वचन पुरा गर्न चाहन्छु । धनीमानीका छोराछोरी जो चीनमा अध्ययन गर्न गएका थिए, उनीहरूलाई जस्तै हामीलाई पनि उद्दार गर्नुहोस् । यतिबेला पार्टी र आफ्नो कुर्सी बचाउने खेल हैन देश र जनता बचाउने तिर ध्यान दिनुहोस् । जसमा हजुर स्वयम् आफैँ र जनताको भलो हुनेछ । ज्यान बाचे लाख उपाय भन्छन् ।
विदेशमा अलपत्र परेका लाखौं नेपालीलाई सकुशल आफ्नो मातृभूमि फर्काउनुहोस् । तिनै जनताले फेरि हजुरलाई कुर्सीमा फर्काउने छन् ।
तर प्रधानमन्त्रीज्यू, लगभग १ करोड नेपाली विदेशमा छन् । फेरि हजुरलाई कुर्सीको मुख पनि हेर्न नदेलान् । त्यसैले म जस्ता लाखौं नेपालीलाई आफ्नो मातृभूमि फर्काई आफ्नै देशमा रगत र पसिना बगाउने मौका दिनुहोस् ।
तर प्रधानमन्त्रीज्यू, लगभग १ करोड नेपाली विदेशमा छन् । फेरि हजुरलाई कुर्सीको मुख पनि हेर्न नदेलान् । त्यसैले म जस्ता लाखौं नेपालीलाई आफ्नो मातृभूमि फर्काई आफ्नै देशमा रगत र पसिना बगाउने मौका दिनुहोस् ।
कृषि क्रान्तिका कुरा पनि सुनेको छु ।
खेती गरौंला, आफ्नो भएको थोरै जग्गा पनि साहुलाई जिम्मा लगाएको छु । फेरि साहुकै जग्गा भाडामा लिएर खेती गरौंला । छिमेकीले मिचेको कालापानी, लिपियाधुरा, लिपुलेक र सुस्ता लगायतका ठाँउमा पर्खाल लगाउँला ।
प्रधानमन्त्रीज्यू, जुन ठाँउमा हजुर पुग्नु भएको छ नि त्यो ठाँउमा हजुर एक्लैको प्रयासले पुग्नु भएको होइन । हजुरले खाने प्रत्येक गाँसमा हामीले खाडीमा बगाएको पसिनाको थोपा मिसिएको छ । अनि हजुरले फेर्ने प्रत्येक स्वासमा मेरो बाबा जस्ता हजारौ सहिदहरुको श्वास बहेको छ । हिजोमात्र मेरी आमा भन्दै हुनुहुन्थ्यो। ‘छोरी, चामलको एक दाना पनि छैन । सरकारले दिएको राहत पनि अस्ति नै सकियो । ऐचोपैँचो दिने हैसियत पनि कोहीसङ्ग छैन ।’
यो खबरले म जिउँदै मरेँ जस्तो भएँ । यही देशमा एक सहिदको श्रीमती राष्ट्रपति हुनुहुन्छ भने अर्की सहिदको श्रीमतीको घरमा चुल्हो निभ्ने अवस्था भएको छ कस्तो बिडम्बना ?
यही देशमा एक सहिदको श्रीमती राष्ट्रपति हुनुहुन्छ भने अर्की सहिदको श्रीमतीको घरमा चुल्हो निभ्ने अवस्था भएको छ कस्तो बिडम्बना ?
हुन त प्रधानमन्त्रीज्यू,
म जाबो ५ कक्षा पढे लेखेकोले हजुरलाई सल्लाह सुझाव दिने हैसियत त नराखुँला भने म सँग हजुरको विरोध गर्ने क्षमता पनि छैन । मेरो अन्तिम इच्छा छ प्रधानमन्त्रीज्यू, जुन भूमिमा जन्मिएँ, त्यहीँ मर्ने र आमाको मिर्गौला प्रत्यारोपण गर्ने । त्यसैले मलाई जसरी भए पनि आफ्नो जन्मभूमि फर्काइ दिनुहोस् र मेरी आमाको सहारा बन्ने मौका दिनुहोस् ।
उही, हजुरको देशमा रेमिटेन्स भित्र्याउने हिस्सेदार र हजुरलाई सत्तामा पुर्याउन आफ्नो ज्यान आहुती दिने सहिदकी छोरी,
नेपाली
खाडीबाट





