Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सत्रौं शताब्दीको मानव बस्ने गुफा भेटियो (भिडियोसहित)

जनता भ्वाइस by जनता भ्वाइस
May 31, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार
0
सत्रौं शताब्दीको मानव बस्ने गुफा भेटियो (भिडियोसहित)
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

जब उपत्यकाको विजय पछि सुसंगठित भएको नेपाल राज्य विस्तारको क्रममा अंग्रेजहरुसँग युद्ध लड्नुपर्ने भयो । त्यो बेला पृथ्वीनारायण शाह अंग्रेज युद्धको तयारी स्वरुप वर्तमान सिन्धुली जिल्लाको सिन्धुली गढी र रामेछापको खाँडादेवी मन्दीर रहेको स्थान (खाँडादेवी गढी) मा आइपुगेका थिए ।

हालको खाँडादेवी मन्दिर भएको स्थान घना जंगलको रुपमा थियो । स्थानीय राई समुदायहरुले आफ्ना गाई, भेडा लगायतका पशुहरुको चरनस्थलको रुपमा रहेको खाँडादेवी डाँडोमा शाह आइपुग्दा त्यहाँ शिलाको रुपमा रहेकी सुकुमाया पहरी अर्थात् खड्गदेवी माता, अझ भन्दा खाँडादेवी बेवारिसे शीलाको रुपमा मात्र थिइन् ।

शिलाको रुपमा रहेकी सुकुमाया पहरी अर्थात् खड्गदेवी माता, अझ भन्दा खाँडादेवी बेवारिसे शीलाको रुपमा

तत्कालिन समयमा अधिक बाहुल्यता भएको राई समुदायले बिहान बेलुका नित्य पूजागर्ने गरेको भएता पनि त्यो भन्दा बढी यहाँको महत्व त्यो बेलामा पनि थिएन । छिटफुट रुपमा आउने भक्तजनहरुसँग मागेर आफ्नो गुजारा गर्ने एकजना थामीसँग भेट भएपछि शाहले अघिल्लो दिन राती आफूले यो ठाउँमा खाँडादेवी भएको, खाँडादेवीले आफूलाई आफ्नो युद्ध अंग्रेजहरुसँग भएरै छाड्ने तथा त्यसका लागि तिमीले हरेश खानु हूँदैन भन्ने सपनामा भनेको बारे शाहले विस्तारमा थामीलाई सुनाए ।

सुनेपछि थामीले शाहलाई भने, ‘महाराज, यहाँले सपनामा देख्नुभएको कुरा सत्य हो ।

त्यो सुनेपछि थामीले शाहलाई भने, ‘महाराज, यहाँले सपनामा देख्नुभएको कुरा सत्य हो । खाँडादेवीले यहाँलाई सपनामा भनेको जस्तै सिन्धुली गढीमा गएर अंग्रेजसँग युद्ध लड्नुहोस्, जीत यहाँकै हुनेछ ।’ थामीले भनेको हुबहु मान्दै शाहले आफ्नो युद्धलाई सिन्धुली गढीबाट जारी राखे । फलस्वरुप, सो युद्धमा शाहको जीत भयो, अंग्रेजहरुले भागेर आफ्नो ज्यान जोगाए ।
यस्तो महान सन्देश दिने थामी अर्थात् खाँडादेवी माताको बफादार सेवकको त्यो समयको बसाईको बारे धेरैलाई जानकारी नहुन सक्छ ।

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको अत्यन्तै लोकप्रिय स्थान खाँडादेवी मन्दिर भन्दा २ सय मिटर तल रहेको जंगलमा भएको एक गुफा नै उल्लेखित थामीको घर भएको जनविश्वस रहिआएको छ । त्यहाँको तामाङ समुदायमा ‘थामी ला कोला’ नामले परिचित सो जंगलको अनाकन्टारमा रहेको सो गुफा प्रचार प्रसार र संरक्षणको अभावमा गुमनाम बनेको छ । थामी भनेको एक जाति र तामाङ भाषामा ‘कोला’ भन्नाले बच्चा भनेर बुझिने भएकोले तामाङ समुदायले सो जंगलको नाम नै थामी ला कोला राखिदिएको खाँडादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर तामाङ बताउँछन् ।

हेर्दा भयंकर भिर देखिन्छ । गुफामा पुग्न निकै सकस हुन्छ । तर पनि घिस्रिँदै भएपनि सो ठाउँमा पुग्दा साँच्चै अचम्म लाग्छ । एकजना मात्रै मान्छे बस्न मिल्ने सो गुफमा पुराना विभिन्न किसिमका सामग्रीहरु रहेका छन् । आगो बाल्न प्रयोग भएको चम्का जस्ता देखिने केही ढुँगा, सिलौटो जस्तो देखिने एउटा समथल ढुँगा देख्दा लाग्छ, यो कहानी सत्य नै हो ।
घटना सत्य होस् या असत्य, जे भएपनि खाँडादेवी मन्दिरको काखैमा रहेको यस थामी ला कोला गुफाको संरक्षण गरिनु जरुरी छ । जिल्लाको पर्यटन प्रवर्धनका लागि खाँडादेवी मन्दिरको साथै यस गुफाले पनि थप योगदान अवश्य पुर्याउने छ ।

भौगोलिक विकटता तथा हाल अधिकाँश तामाङ समुदायका नागरिकहरुमा नै यो गुफाको वास्तविकता र यो प्रतिको जन विश्वास लोप हुँदै गएको बेला यो गुफाको संरक्षण र संवर्धन गर्न सकियो भने रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकालाई पर्यटकमय क्षेत्र बनाउन सकिने कुरामा दुईमत छैन ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

यहाँ पराया भूमिमा मर्नुभन्दा आफ्नै भूमिमा फर्केर एक मुठी सास फाल्न बेहद रहर छ

Next Post

सीमा नाका असार १६ गतेसम्म बन्द, कडाइ गर्न थप प्रहरी परिचालन गरिने,लकडाउन आगामी जेठ ३२ गतेसम्म

Next Post
एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई सरकारको आग्रह

सीमा नाका असार १६ गतेसम्म बन्द, कडाइ गर्न थप प्रहरी परिचालन गरिने,लकडाउन आगामी जेठ ३२ गतेसम्म

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.