Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मजदुर भोकै छन् त ! कसलाइ बाढिबक्सनुभयो ८० करोडको राहत ?

Kumar Shrestha by Kumar Shrestha
May 1, 2020
in विचार
0
मजदुर भोकै छन् त ! कसलाइ बाढिबक्सनुभयो ८० करोडको राहत ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खुल्ला पत्र

सम्माननिय प्रधानमन्त्रीज्यू
नमस्कार,अभिवादन, लालसलाम, जय नेपाल…..

कुन सम्मान हजुरलाई मन पर्छ त्यही मिलाएर बुझि बक्सनु होला ।

म एक श्रमिक हु । म दिन रात,घाम पानी,अनि दुख,समस्या भनेर कहिले बस्दिन किनकी मेरो परिवारलाइ बिहानबेलुका छाक टार्न समेत निकै कष्ट छ । किनकी म श्रमिक हु ।
यतिबेला कोरोनाभाइरसले बिश्व आतंकित बनेको छ । बिश्वका लगभग एक अर्ब ६० करोड मजदुरको रोजगार खोसिएको छ त्यसमध्ये म पनि एक हु । किनकी म मजदुरी गर्ने मजदुर हु ।
नेपालमा पनि लकडाउन छ । लाखौँ युवाको रोजगार खोसिएको छ । नेपालका सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओली यतिबेला भेटघाट तथा फाल्तुकुरैमा ब्यस्त होइसिन्छ् ।

प्रधानमन्त्री ज्यु यतिबेला म जस्तै लाखौँ श्रमिकहरु यो बेला साच्चिनै न खोले न भातको

पिडा त मलाइ भएको छ अनि म जस्तै श्रम गर्ने श्रमिकलाइ भएको छ । प्रधानमन्त्री ज्युका भाषण त धेरै सुनियो अनि उखानटुक्का पनि । प्रधानमन्त्री ज्यु यतिबेला म जस्तै लाखौँ श्रमिकहरु यो बेला साच्चिनै न खोले न भातको बनेकाछन ।

काम गरौँ भने सरकार घरमै बस भन्छ । अनि हामी जस्तो बिहान बेलुका मजदुरी गर्नेलाइ छाक टार्न निकै कठिन भएको ब्यथा कसलाइ सुनाउ सरकार ? यो बेला श्रमिकको लागी न राहत छ । न त कुनै ब्यवस्था । केहि समय अघि सम्माननिय प्रधानमन्त्री ओली ज्यु हजुरले त सुनिबक्सिनुभएको होला ।

चिल्ला गाडीमा चढेर यात्रा गर्नेहरुलाइ बिचरा हामी जस्तो हिडेर यात्रा गर्नेको पिडा दम्भले भरिएकोे सरकारलाइ के था ?

नेपालमा लकडाउन पछि धेरै श्रमिकहरु बिचल्ली भएका ? श्रमिकहरुले हिडेर पुर्वबाट पश्चिम पुगेका ? यस्तो दर्दनाक अबस्था प्रधानमन्त्री ज्यु हजुरलाइ त थाहै होला । यतिबेला श्रमिकको न काम छ न खानको लागी दाम नै ? हुनत काठमान्डौको महलमा बसेर गरिवको कुरा कस्ले सुन्ने ?अनि झुपडीको पिडा कस्ले बुझ्ने ? चिल्ला गाडीमा चढेर यात्रा गर्नेहरुलाइ बिचरा हामी जस्तो हिडेर यात्रा गर्नेको पिडा दम्भले भरिएकोे सरकारलाइ के था ?

श्रमिकको पिडा नसुन्ने भए अब ठुला पदमा रहनुभएका नेता ज्युहरु यस्तो बकवास भाषण गर्र्न झाडिदिनुस् । नेपालमा कोरोना भाइरसको कारणले लाखौ युवा बेरोजगार भएको कुरा थाहा हुदाहुदै पनि के हेरेर बस्नुभएको प्रधानमन्त्री ज्यु ?

यतिबेला पाटी भित्र चर्काचर्की बिरोध गरेर बस्ने अनि चिप्ला भाषण गरेर आश्वासन दिने समय होइन जस्तो लाग्छ

कोरोनाले यतिबेला कतिको घरबास उठेको कुरा कस्ले सुनिदिन्छ ? मजुदर गर्ने मजदुरीको रोजगार खोसेको थाहा हुदैहुदैे सरकार किन ट्वाल्ल परेर हेरेको ? यतिबेला पाटी भित्र चर्काचर्की बिरोध गरेर बस्ने अनि चिप्ला भाषण गरेर आश्वासन दिने समय होइन जस्तो लाग्छ । यो बेला त श्रमिक,मजदुर अनि गरिबको घरमा राहत लिएर पुग्ने समय हो । बोलीले मात्रै पुग्दैन गरेर पनि देखाउनु पर्योनी सरकार अब ।

नेपालमा लकडाउनको ३९ औ दिनमा छौ । यतिको दिनदेखी हामी श्रमिकहरु बेरोजगार बस्दै आएकाछौ । खाने सामल सकियो , न काम छ न त दाम ? यस्तो अबस्थामा नेपालमा कोरोना कोष पनि स्थापना गरेको सुनिन्थौ अनि धेरैले सहयोग गरेको कुरा पनि सुनिन्थ्यो ? त्यो पैसाा किन सदुपयोग नगरेको सरकार ? अहिले नगरे त्यो पैसा महामारी सकिएसी गर्ने हा सदुपयोग ?अनि सम्माननिय प्रधानमन्त्री ओली ज्यु ८० करोडको राहत बाढ्यौ भनिबक्सनुहुन्छ , नेपालमा त मात्रै ३ करोड जनता छन त्यै पनि सबैको घरघरमा राहत पुगेको छैन ।

क-कसलाइ बाढिबक्सनुभयो ८० करोडको राहत

क-कसलाइ बाढिबक्सनुभयो ८० करोडको राहत ? सुनिन्छ श्रमिकलाइ पनि राहत बाढियो रे त्यो पनि कुहिएको अनि काम नलाग्ने राहत , नाम मात्रको राहत,काम गरि टोपाले जस्तो मात्रै । काम गरेर देखाएको जस्तो ,मात्रै चर्तिकला ? कि त्यो राहत कोषको रकम आफ्नै पोल्टामा खन्याइबक्सनुभयो सम्माननिय प्रधानमन्त्री ज्यु ?

  • यो म एक मजदुर भएको नाताले मात्रै आक्रोस हो ।

यदि साच्चिनै जनताकै सरकार हो भने हामी जस्ता भोका मजदुरलाइ सेवा गरिबक्सनुस्,कोषमा जम्मा गरेका रकमबाट राहत बाढिबक्सनुस् हैन भने यो जम्मा गर्नुको कुनै औचित्य रहेन ।
अर्को कुरा सरकार,नेपालका लाखौँ युवा प्रदेशमा छन ।

यतिबेला लकडाउन छ । उनीहरुको पिडा सुन्नेकी नसुन्ने ?नेपालमा रहेका बेरोजगारी युवालाइ रोजगारको ब्यबथाको बारेमा सोच्नेकी नसोच्ने सरकार ? यो म एक मजदुर भएको नाताले मात्रै आक्रोस हो ।
सम्पुर्ण श्रम गर्ने नेपालीहरुलाइ अन्तराष्ट्रिय श्रमिक दिबसको शुभकामना।

लेखक अनिता थापामगर सञ्चारकर्मी

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

दुईजना कोरोना संक्रमित थपिए, ५९ पुग्यो संख्या

Next Post

मे दिवसको संघारमा मजदुरको बिजोक

Next Post
मे दिवसको संघारमा मजदुरको बिजोक

मे दिवसको संघारमा मजदुरको बिजोक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.