Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दुईजना कोरोना संक्रमित थपिए, ५९ पुग्यो संख्या

जनता भ्वाइस by जनता भ्वाइस
May 2, 2020
in समाचार
0
दुईजना कोरोना संक्रमित थपिए, ५९ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १९,

काठमाडौं । नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो ।

उनीहरु रुपन्देही र बाँकेमाका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य छ ।

जानकारी

उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो।
अर्काको नेपालगञ्‍जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो । उनीहरु दुईमध्ये एकजना विदेशबाट आएको खुलेको छ ।
अर्का बिरामी रुपन्देहीका बासिन्दा हुन्। तर उनलाई नेपालगञ्‍जकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन्।
बाँकी ४३ संक्रमितको विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाइसकेको छ।

यस्तो छ हालको अबस्था

मन्त्रालयको पछिल्लो तथ्याङक अनुसार हालसम्म नेपालमा कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ५८ हजार ८ सय ७१ पुगेको छ् भने जसमध्ये १२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० जनाको आरडिटीबाट परीक्षण भएको हो।
प्रदेश १ मा ४ हजार ९ सय ८५, प्रदेश २ मा ५ हजार ४ सय ५६, बागमतीमा ८ हजार ३ सय ६१, गण्डकीमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ३ हजार ७ सय ९९, कर्णालीमा ५ हजार ४ सय ३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा ३ र बाहिर ७७ गरी कूल ८० जना शंकास्पद बिरामी आइसोलेसनमा छन्। काठमाडौंमा पाटन अस्पतालमा मात्र ३ जना शंकास्पद आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
मुलुकभर २३ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा २ हजार ५ सय ७६, प्रदेश २ मा १ हजार ४ सय, बागमतीमा ५ सय ५१, गण्डकीमा ५ सय ९३, प्रदेश ५ मा १२ हजार ७ सय ५२, कर्णालीमा ३ हजार ९ सय ९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ६६ जना क्वारेन्टाइनमा छन्।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कमरेड ! तपाइ योग्य तर म चाही कसरी अयोग्य भए ?

Next Post

मजदुर भोकै छन् त ! कसलाइ बाढिबक्सनुभयो ८० करोडको राहत ?

Next Post
मजदुर भोकै छन् त ! कसलाइ बाढिबक्सनुभयो ८० करोडको राहत ?

मजदुर भोकै छन् त ! कसलाइ बाढिबक्सनुभयो ८० करोडको राहत ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...