Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

‘सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई माथि उठाउन ग्लेशियर जहाँ जान पनि तयार छ ’:प्रिन्सिपल शाक्य (भिडियो सहित्)

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in अन्तर्वार्ता, फिचर
0
‘सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई माथि उठाउन ग्लेशियर जहाँ जान पनि तयार छ ’:प्रिन्सिपल शाक्य (भिडियो सहित्)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन ३ । जनता भ्वाइस संवाददाता, रामेछाप
कोरोना भाइरस कोभिड १९ का कारण शिक्षाक्षेत्रलाई विशेष मार परेको ग्लेशियर इन्टरनेशनल स्कूल एण्ड कलेज शान्तिनगर काठमाडौंका प्रिन्सिपल दिवस शाक्यले बताएका छन् । बन्दाबन्दीमा देश परिरहँदा पनि यस कलेजले अनलाइन कक्षा संचालनको व्यवस्था गरी विद्यार्थीहरुको पढ्न पाउने नैसर्गिक अधिकारको रक्षा गरेको शाक्यले बताएका छन् ।
सामुदायिक मिडिया प्रा.लि.द्वारा संचालित पब्लिक नेटवर्क अनलाईन टेलिभिजनसँग कुराकानी गदेै शाक्यले यस्तो बताएका हुन् । ‘अनलाइन कक्षाले राजधानी भन्दा बाहिरका विद्यार्थीहरुको पहुँचलाई सम्बोधन गर्यो कि गरेन ?’ भन्ने हाम्रो जिज्ञासामा शाक्य भन्छन्, ‘देश यस्तो अवस्थामा भएको बेला कम्तिमा अनलाईन मार्फत भए पनि कक्षा त संचालन भएको छ नि ? कक्षा नै संचालन नगर्दा शुन्य प्रतिशत सफलता हात लाग्थ्यो भने कम्तिमा यो कक्षामा ७५ प्रतिशत विद्यार्थी त सहभागी हुन पाए । शतप्रतिशतले शिक्षामा पहुँच नपाउनुभन्दा यो सघन अवस्थामा २५ प्रतिशत विद्यार्थीले सुविधा नपाउनुलाई कसरी ठूलो मान्न सकिएला र ?’


आप्mनो अनलाइन कक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरुका लागि नेपाल सरकार शिक्षा मन्त्रालयले विभिन्न रेडियो तथा टेलिभिजन मार्फत पहुँच पुर्याइरहेका कारण कम्तिीमा अरु विद्यार्थीहरु पनि समेटिएका छन् भन्नेमा शाक्य विश्वस्त छन् ।
शिक्षामा शैक्षिक नेतृत्व आवश्यक छ भन्ने मान्यताबाट प्ररित शाक्य आफ्नो कलेजमा त्यो नेतृत्व भएको दावी गर्छन् । उनी शैक्षिक नेतृत्व भएको प्रतिष्ठानमा मात्रै शिक्षाको सही सम्मान हुनेभाव व्यक्त गर्दछन् । १ दशक वा २ दशक शिक्षा क्षेत्रमा नेतृत्व गरेका व्यक्तिहरु ग्लेशियरमा भएको कारण पनि आज परिवर्तित शैक्षिक अवधारणाको आधार ग्लेशियर इन्टरनेशनल स्कूल तथा कलेज भएको शाक्यको भनाई रहेको छ ।


चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नेपाल सरकारले सार्वजनिक गर्दैगर्दा पछि परेको सामुदायिक विद्यालयको शैक्षिक स्थितिलाई माथि उठाउन निजी विद्यालयलाई दायित्व सुम्पने निर्णय गरेको छ । यस्तो अवस्थामा आफूहरुलाई पनि यस्तो जिम्मेवारी दिए देशका जुनसुकै स्थानमा गएर पनि सो जिम्मेवारी वहन गरी सरकारलाई सहयोग गर्न पछि नपर्ने शाक्यको धारणा रहेको छ । उनी भन्छन्, ‘कुनैपनि सरकारी सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई माथि उठाउन ग्लेशियर जहाँ जान पनि तयार छ ।’
बाँकी भिडियोमा…

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रक्तदान गरौँ अब ,गरौँ महादान

Next Post

आज सोमबारे औंसी, शिवको पुजा आरधान गरि मनाईदै

Next Post
आज सोमबारे औंसी, शिवको पुजा आरधान गरि मनाईदै

आज सोमबारे औंसी, शिवको पुजा आरधान गरि मनाईदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.