Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज सोमबारे औंसी, शिवको पुजा आरधान गरि मनाईदै

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
आज सोमबारे औंसी, शिवको पुजा आरधान गरि मनाईदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पशुपती मन्दिर

साउन ०५, जनता भ्वाइस संवादाता

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार अर्थात हर्षन चतुश्पथ पुनर्वसु, सोमबारे औंसी व्रत सोमबारे औंसी हो । आज नेपाली हिन्दु धर्मवालम्बी महिला, दिदीबहिनीहरु, विभिन्न शिवलयहरुमा पुजा आर्चनाको लागि बिहानै देखि भिड लाग्ने गर्द थियो तर कोरोना भाइरस संक्रमणले सृजित विषम परिस्थितिले यो पटक पशुपति लयाएतका मन्दिरहरु दर्शनका लागि नखुल्दा आफ्नै घर नजिक वा घरमै बसेर स्नान गरेर आज वर्त बस्दै छन् । आजको दिनलाई हिन्दु शास्त्र अनुसार मौन रहेर स्नान र ध्यान, दान दिनले पुण्य प्राप्त हुने भनाइ चलि आएको छ । हिन्दु धर्मावलम्बी मन्यता अनुसार आजको दिन सोमबारे औंशीको दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ। महाभारतका पात्रहरुले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात सोमबारे औंशीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ । आज महलाहरु हारीयो वसत्र लगाएर, हातमा मेहन्दी, हरियो चुरा, पोते, लगाउने गर्द छन् ।

आज सोमबार चन्द्रमाको दिन हो । चन्द्रमा मनको प्रतिक र सूर्य मस्तिष्कको प्रतिक पनि हो। सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान शिवजी मै समर्पित रहेको छ ।

पर्वको विशेषता

सोमबारे औंशीको बिसं १९९० को महाभुकम्पको दिन अनि तिथिलाई केलाएर सोमबारे औंशीको विशेष गरि जोडिएको छ । बिसं १९९० साल माघ २ गते ८.४ रेक्टरस्केलको भुकम्प नेपालमा गएको थियो । यस दिन पनि सोमबारे औंशी परेको थियो । त्यस दिन बेलुका मकरराशिमा सूर्य, चन्द्र, मङ्गल, बुध, शुक्र, शनि र राहु एउटै राशिमा थिए । साउन महिना जताततै हरियालीले भरिने समय हो । समाजमा उखानै छ ‘साउनमा आँखा पुटेको गोरुले सधैँ हरियो देख्छ ।’ समाजमा हरेक चिजको सकारात्मक र नकारात्मक बुझाइ हुन्छ । त्यसै गरी साउन महिनाको महिमा भल्काउन मानिसले उखानलाई नकारात्मक बुझाइमा ढाली अघि बढाएका हुन् । वास्तवमा साउन महिना विशेष गरी नीलकण्ठ नारायण र नीलकण्ठ शिवजीलाई पूज्ने महिना हो ।

विशेष गरी हिन्दू नारीले साउन महिनाको महत्व समाजमा झल्काउँदै आएका छन् । सोमबार शिवजीको व्रत बस्नुपर्छ भन्ने चलन विगतदेखि नै थियो तर साउनको सोमबार व्रत बस्नुपर्छ भन्ने चलन केही वर्ष पहिलादेखि मात्र चलेको हिन्दू महिलाहरू बताउँछन् । साउन महिनामा शिवजीको व्रत बस्ने हरिया र पहेँला कपडा लगाउने गर्छन हाम्रा चलीहरू ।

कपडालाई सेट मिलाउन त्यसैअनुसारका हरिया, पहेँला चुरा, धागो, पोते, टीका र पालिस लगाउने चलन भनेपछि मात्र भित्रिएको बृद्ध महिलाले विगत सम्झँदै बताइन् । उनीहरूले भने, साउन महिनामा मेहेन्दी लगाउने चलन भने पहिलादेखि नै थियो ।’ हामीले चिउरीको पात कुटी त्यसको लेपन रातभरि हातमा राखी सुत्थ्यौँ । गणतान्त्रिक नेपालका लोकतान्त्रिक हिन्दू महिलाले साउने सोमबारको व्रतलाई यसरी परिभाषा गरेका छन् । ‘व्रत भनेको आस्था र श्रद्धाले बस्ने चिज हो ।’

दिनभरि भोकै बसेर धर्म हुन्छ, भन्ने कुरा एक गलत मानसिकता हो । मानव सेवा गर्नु र उनीहरूको पिरमर्का र आपत्बिपत्मा सहयोग गर्नु ठूलो कुरा हो । भोकै बसेर धर्म हुन्छ भन्ने कुरा एक गलत बुझाइ हो । तर, हिन्दु भएपछि आफ्नो मान्दै आएको सबै सनातन् धर्मलाई पालना गरेर अघि बढ्नु नै पर्छ । तर, फेसनको रूपमा प्रयोग गर्ने गरेका वस्त्र र श्रृंगारको साधनलाई भने धर्मको नाम दिएर अघि बढाउनु राम्रो होइन् । साउनको महिमाबारे कुनै ज्ञानबिना अघि बढेका हिन्दू नारीले अर्काको भरमा हरिया र पहेँला वस्तुको प्रयोग गर्नु भनेको व्यापारीलाई मौलाउने अवसर प्रदान गर्नु हो भनी, आआफ्ना विचारहरू यसरी अभिव्यक्त गरेका छन् ।

दर्शनार्थिका लागि खुलेन पशुपती

यस बर्ष साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि नखुल्ने भएको छ । साउन ७ गतेसम्म लकडाउन कायम रहेकाले मन्दिर नखुल्ने भएको हो । सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले पहिलो सोमबार मन्दिर खुला नगरिने पशुपति बिकास कोषले जनाएको छ । लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किँदैछन् । तर, भिडभाड बढी हुने मठमन्दिर लगायतका क्षेत्र भने खुलेका छैनन् । मन्दिर खुला गर्ने, नगर्ने भन्ने सरकारको निर्णय कुरेर बसेको पशुपति क्षेत्र बिकास कोषका प्रशासकिय अधिकृत गौरीशंकर पराजुलीले बताए ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

‘सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई माथि उठाउन ग्लेशियर जहाँ जान पनि तयार छ ’:प्रिन्सिपल शाक्य (भिडियो सहित्)

Next Post

तीन दिन भारी वर्षाको हुने : तराइमा डुवानको सम्भावना

Next Post
भोली पनि देशका अधिकांश स्थानमा वर्षा हुने

तीन दिन भारी वर्षाको हुने : तराइमा डुवानको सम्भावना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.