रामेछापका थापामगरमा कोरोना भाइरस नभएको पुष्टि

चैत,१३

रामेछाप । काठमाण्डौबाट रामेछाप जिल्लामा प्रवेश गरेका एक ब्यक्तिमा कोरोना भाईरसको संक्रमण नभएको पुष्टि भएको छ । जिल्लाका केही संचारमाध्यमा यस अघि काठमाण्डौमा कोरोना भाईरस भएको पुष्टि गरिएकी युवती बसेको होटलमा काम गर्ने युवा रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा नं ४ गौश्वाराका प्रकाश थापामगरलाई कोरोना भाईरस भएको भनि समाचार प्रकाशन तथा प्रसारण भएका थिए । थापामगर गएको फागुन १२ गते राजधानीबाट रामेछाप आएका थिए ।


उक्त समाचार प्रति ध्यानाकर्षण बढाउदै जिल्ला प्रशासन कार्यालय रामेछाप र दोरम्बा गाउँपालिकाले थापामगरलाई कुनै भाईरस भए, नभएको पुष्टि गर्न समिति गठन गरेको र गठित छानवीन सतितिले युवामा कुनै पनि संकंमण नभएको प्रतिवेदन पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उनी अहिले सामान्य रहेको पनि प्रतिबेदनमा उल्लेख गरिएको छ । साथै प्रशासनले यस्ता अफवा फैलाउने समाचार सम्पेसन नगर्ग पनि आग्रह गरेको छ ।

यो पनि पढ्नुस्