अपडेट : थप एकको मृत्यु,

चैत,१८,

रामेछाप । खांडादेवी–१ राकाथुममा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापको टोकरपुर जाँदै गरेको बा १४ च ९४९८ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमध्ये दोरम्बा गाउँपालका २ का २४ वर्षका संगित पहरीको पहिचान भएको प्रहरीले जनाएको छ ।

मृतक अर्का एक जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा ३० जना घाइते भएका छन् । बोलेरोमा लकडाउनका कारण काठमाडौंमा अलपत्र परेमा रामेछापका विभिन्न ठाउँका मान्छे आउँदै गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु काठमाडौंमा अलपत्र परेपछि पास बनाएर गाउँ फर्किरहेका थिए ।

सम्बन्धीत समाचार