Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएनन्

Milan Ghimire by Milan Ghimire
March 31, 2020
in जनता स्पेसल, फिचर, शिक्षा, स्वास्थ्य
0
सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएनन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,१८

सिन्धुली । सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन् । सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन् ।

डेरा घरमा जाँदा दुर्व्यवहार हुन थालेपछि स्वास्थ्यकर्मी हाल अस्पतालमै बस्दै आएका छन् । डेरामा जाँदा घरभेटीले दुर्व्यवहार गरेको गुनासो आएपछि अस्पतालभित्रै बसोबासको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिए ।

“अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने समयमा यस्तो समस्या आएको छ, अस्पताल विकास समितिले कार्यरत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च पार्दै अस्पतालमै खाने, बस्ने तथा सुत्ने व्यवस्था मिलाएको छ”, उनले भने, “यति मात्र नभई अस्पतालमा कार्यरत अन्य कर्मचारीलाई पनि अस्पतालभित्रै बस्ने व्यवस्था मिलाएको छु”, उनले भने ।

यो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगर्न सबैलाई उनले आग्रह गरे । “यदि जोकोहीमा कोरोना नै नलागे पनि बिरामी पर्दा आउने अस्पताल नै हो र उपचार गर्ने उनीहरु नै हुन् । यदि स्वास्थ्यकर्मीहरुले पनि बिरामीमा भएको रोग आफूमा पनि सङ्क्रमण हुन्छ भन्दै उपचार नगरे के अवस्था हुन्छ”, उनले भने । स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने समय भएको भन्दै यस्ता गलत काम नगर्न उनले आग्रह गरे ।

श्रमिकलाई राहत वितरण

यहाँको कमलामाई नगरपालिकाले श्रमिकलाई राहत प्याकेज ल्याएको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमण हुन नदिन भन्दै नेपाल सरकारले दैशैभर गरेको लकडाउनको अवधिमा श्रमिकलाई रहात प्यकेज ल्याएको हो ।

लकडाउनका कारण दैनिक काम गरेर जीवनयापन गरिरहेका श्रमिकलाई यस अवधिभर घरमै बसेर खान पुग्ने राहत वितरण गरिने नगरप्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । लकडाउनबाट दैनिक ज्याला मजदुरीबाट जीवीकोपार्जन गर्दै आएका नगर क्षेत्रका ३३ श्रमिकलाई खाद्यान्नको राहत प्याकेज प्रदान गरिएको प्रमुख खत्रीले जानकारी दिए ।

खोलाको किनारमा ढुङ्गा फुटाई गिट्टी बिक्री गरी दैनिकी चलाउँदै आएका ३३ श्रमिकलाई पहिलोपटक राहत दिइएको उनले बताए । ३३ जनालाई २० केजी चामल, तीन केजी दाल, एक केजी चिनी, दुई केजी आलु, ५० ग्राम बेसार, एक लिटर तेल र १ केजी नुन दिइएको छ । सो राहत प्याकेजले श्रमिकलाई १० देखि १५ दिनसम्मका लागि पुग्ने अनुमान गरिएको छ । खोला किनारमै बसेर जीवन निर्वाह गर्नेमध्ये सोमबार सम्पर्कमा आएकालाई राहत उपलब्ध गराइएको र अन्यलाई पनि सम्पर्कमा आउन उनले आग्रह गरे ।

यस्तै कमलामाई नगरपालिकाले विपन्न वर्गहरुको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । स्वास्थ्य बीमा गरेका ३९४ जनालाई पनि राहत प्रदान गरिने प्रमुख खत्रीले जानकारी दिए । “लकडाउनका कारण विपन्न वर्ग पनि प्रभावित भएको र दैनिकी चलाउन समस्या भएको अवस्थामा नगरपालिकाले त्यस्ता वर्गलाई पनि राहत उपलब्ध गराउने छ”, उनले भने ।रासस

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अपडेट : थप एकको मृत्यु,

Next Post

२०७७ सालको दशैं कात्तिक १० गते, तिहार मंसिर १ गते

Next Post
२०७७ सालको दशैं कात्तिक १० गते, तिहार मंसिर १ गते

२०७७ सालको दशैं कात्तिक १० गते, तिहार मंसिर १ गते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.