अपडेट : रामेछापमा बोलेरो दुर्घटना ३२ घाइते,

चैत्र, १८

रामेछाप । रामेछाप जिल्लामा गाडी दुर्घटना भएको छ । मङ्लबार बिहान काठमाडौंबाट अनुमति लिएर भक्तपुरमा ज्यामि काम गर्नेहरु दोरम्बा गाउँपालिका–टोकपुरतर्फ आउदै गरेको बलेरो पिकप खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा बिहान करिब साढे पाँच बजे दुर्घटनामा परेको रामेछाप प्रहरी प्रमुख बसन्त पाठकले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

दुर्घटनमा परी ३२ जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ । खैरनीघाटबाट राकाथुमतर्फ आउने क्रममा मध्य पहाडीबाट माथि उक्लने क्रममा गाडी सडकबाट करिब १ सय ५० मिटर तल खसेको उहाँले बताउनुभयो ।

बा १४ च ९४९८ बलेरो गाडीमा ३३ जना यात्रु रहेको बताएको छ । उनीहरुलाई भक्तपुरमा काम गर्दै परिवार सहित बस्दै आएको र त्यहाँको प्रशासनले पठाईदिएकाले गाउँ फर्केको बताएको छ । देशमा लकडाउन लगाएको छ । लकडाउनको समयमा को ही केही आवत जावत गर्न पाइन ।
पाठकले घाइते सबैलाई ४ वटा एम्बुलेन्स मार्फत धुलिखेल अस्पताल रेफर गरि पठाएको जानकारी दिनुभयो ।

पाठकले जिल्लामा पास लिएर जिल्लामा अलपत्र परेहरुलाई उद्धार गरिए सुरक्षित स्थान तर्फ पठाउने क्रम जारी रहेको पनि जानकारी दिनुभयो ।

सम्बन्धित समाचार ।

ब्रेकिङः रामेछापको माझी गाउँमा बोलेरो दुर्घटना : ३२ घाइते, १५ गम्भीर