चैत्र, १८
रामेछाप । रामेछाप जिल्लामा गाडी दुर्घटना भएको छ । मङ्लबार बिहान काठमाडौंबाट अनुमति लिएर रामेछापको दोरम्बा गाउँपालिका–टोकपुरतर्फ आउदै गरेको बलेरो गाडी खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा बिहान करिब साढे पाँच बजे दुर्घटनामा परेको हो । दुर्घटनमा परी ३२ जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ ।
खैरनीघाटबाट राकाथुमतर्फ जाने क्रममा मध्य पहाडीबाट माथि उक्लने क्रममा बलेरो गाडी सडकबाट करिब डेस सय मिटर तल खसेको थियो । बा १४ च ९४९८ बलेरो गाडीमा ३३ जना यात्रु रहेको बताएको छ । घटना बारे थप विवरण आउन बाँकी छ ।