नेपालमा कोरोनाको छैटौं संक्रमित भेटिए

चैत,२०
रामेछाप । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएका छन् ।

कारोना भाइरस जोखिम न्यूनीकरणको लागि लकडाउनको कष्ट भोगिरहेको नेपालमा पुनः अर्को संक्रमित पनि भेटिएको छ । योसंगै कोरोना भाइरस संक्रमित हुनेको संख्यामा नेपालमा छ पुगेको छ ।

छैटौ व्यक्ति चैत ४ गते विदेशबाट नेपाल आएको पनि बताइएको छ । उनी चैत ४ गते फ्लाइट नं क्युआर ६५२ मार्फत नेपाल आएका थिए ।

दोहा हुँदै काठमाडौ आएका ती व्यक्तिमा कोरोना भाइरसको परीक्षण गर्दा पोजिटिभ देखिएको हो । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुुभएको हो । पत्रकार सम्मेलनमा संक्रमित व्यक्तिको बारेमा थप केही खुलाइएको छैन ।