थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय ०७

जेठ ०९,

रामेछाप । आज थप २० जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए । यो संगै संक्रमितको संख्यो ५ सय ०७ पुगेको छ । आज एकै दिन ५० जनामा कोरोना पुष्टि भएको हो । बिहाना ३० जनामा कोरोना पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम-१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कैलालीको जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो । यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् ।

उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । यस्तै मोरङको रतुवामाई- २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ । फाइल फोटो