जेठ ०९,
काठमाडौं । आजको मन्त्रि परिषदको बैठकले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।
अहिले उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन । सरकारले गत बुधबार भारतले अतिक्रमण गरेको उक्त भुमी समेटर नयाँ नक्सा जारी गरेको छ ।
संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा सोही नक्साको औपचारिक प्रयोग हुनेछ । संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत आजश्यक पर्छ । त्यसको लागि संसदमा सबै राजनीतिक दलले समर्थन गर्ने जनाइसकेका छन् । प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ । फोटो सुर्य थापाको fb बाट