जेठ,०९
रामेछाप । रामेछापको मन्थली नगरपालिकाको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट गरिएको परीक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जनता भ्वाइसलाइ जानकारी दिए ।
उनका अनुसार २ जना स्वास्थ्यकर्मी र एक जना विधुतका कर्मचारीको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु अहिले मन्थलीबाट जिल्ला आस्पताल रामेछापको आइसोलेसनमा बस्नको लागि मन्थलीबाट पुरानो सदरमुकाम रामेछाप गहिरहेको कर्णले बताए ।
उनीहरुको स्वाब संकलन गरेर परीक्षण गर्न काठमाडौ पठाइने छ । फाइल फोटो