जेठ ०९
रामेछाप । नेपालमा कोरोना संक्रमतिको संख्या ४ सय ८७ पुगेको छ । आज बिहान एकै पटक ३० जनामा कोरोना संक्रमित थपिएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा नयाँ ३० जना संक्रमित थपिएका हुन् ।
संक्रमितहरु नवलपरासी विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३ र ३५ वर्षीय पुरुषहरु छन् ।
त्यस्तै कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरु र ८ वर्षीय बालिका छिन् ।
त्यस्तै सर्लाही गोडेतै नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३९ वर्षीय पुरुषहरु र १८ वर्षीय महिला रहेका छन् ।
उनीहरु सबै स्वास्थ्या कर्मीको निगरानीमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्या रहेको मन्त्रालयका प्रवक्ता समिर अधिकारीले जानकारी दिए ।