Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भारतको बल मिच्याइ र मिडियाहरुको नेपाल माथिको रोइलो

जनता भ्वाइस by जनता भ्वाइस
May 23, 2020
in विचार
0
भारतको बल मिच्याइ र मिडियाहरुको नेपाल माथिको रोइलो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सन्सार अहिले कोरोना कहरबाट अक्रान्त भइरहेको अवस्थामा हाम्रो छिमेकी जो आफुलाई नेपालको सबैभन्दा हितैसी मित्र ठानि ‘बढे भाइ’ ठानी टोपल्ने भारतले पिडा माथी थप पिडाको एपिसोड लाई निरन्तरता दिन अर्को कदम चालेको छ । कालापानी, लिपुलेक लिम्पुवाधुरा सहितको हाम्रो आफ्नो भुभागमा एकतर्फी रुपमा सडक बनाएर सो को उद्घघाटन नै गरिसकेको छ । सर्बे अफ इन्डियाले नेपालि भूभाग समेत लाई भारत तर्फ पर्ने गरि नोभेम्बर २०१९ यता दुइ वटा राजनीतिक नक्सा प्रकाशन गरेपछी नेपालमा तेस्को चर्को बिरोध भैइरहेको छ । भने सहदा सहदा अचाक्ली नै भएर अहिले हाम्रो देशले पनि पहिला आफ्नो भएको र तत्पश्चातका राजा महाराजा हरुको बेवस्ताका कारण अर्कैले हडपेको भुमी सहित सामेल गराएर नया राजनितिक नक्सा जारी गरे पछीको गर्मा-गरम अवस्था देखिदै आएको छ । 

यस बिसयमा नेपाली टेलिभिजन सो सिधाकुरा जनता सँगका सन्चालक रबि लामिछाने सँगको एक प्रत्यक्ष डेबेट कार्यक्रम मा भारतीय थिङ्क ट्याङ्क, दक्षिण एसियाका विज्ञ तथा नेपाल मामलाका विशेष जानकार एसडी मुनी, पुर्ब जनरल अशोक मेहताले पनि सदा जस्तै आफ्ना पट्टिको गल्ती छोप्न नेपालले प्रकाशन गरेको नया नक्सा लाई चिनियाँ कार्डको बिल्ला भिराएको सङ्केत गरे । जबकि चीन भारतसँग व्यापार घाटा सहेर नेपाललाई बोक्न चाहन्न भन्ने कुरा मुनीर मेहतालाई पनि अवगत नै छ । टेलिभिजनमै त्यस्तै अर्को टिभी कार्यक्रममा भारतीय सेनाका पूर्व जर्नेल जी डी बक्सीले घाँटीको नशा फुलाउँदै आई वी पी न्यूज च्यानलसँग कुरा गर्दै मुनीले जस्तै नेपाललाई चीनले उक्साइरहेको बताए । भारतीय राजनैतिक दल  कांग्रेस आईको गोप्य सहयोग अनि चिनले “हामी छौ तिमीहरु अगाडी बढ” भनेर नेपाल सरकारलाई मोहोरा बनाएर उकासी रहेकोले नेपालले अहिले यो कदम चालेको उनको  डाइलग सुन्दा पंक्तिकारलाई यो स्तम्भ लेखिन बाध्य गरायो । 

सीमा विवादका सन्दर्भमा भारतीय टेलिभिजनमा आएका एक लौटी अन्तरवार्ता हरूमा नेपाली र भारतीय नागरिकहरूको एकप्रकारको ‘भर्चुअल वार’ भैरहेको छ । शायद सन २०१५ को  भूकम्पपश्चात भारतीय मिडियामा नेपालबारेका सामग्रीहरू यतिधेरै प्रसारित भैरहेको यो नै पहिलोपटक हुनुपर्छ ।


✍️ निर्मल घिमिरे
जापान 

त्यस अघि नेपाललाई कुनै पनि जानकारी नदिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया रास्ट्रपति सी चिन्फिंगले लिपुलेकलाई व्यापारिक मार्गको रुपमा बिकाश गर्ने भनि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । यो सडक मार्गले नेपालि भूमिलाई हस्तक्षेप गरेको सिमाबिदहरु बताउछन । सन् २०१५ मा चीनमा सि जिङ् पिङ र नरेन्द्र मोदीले यो मार्ग निर्माणको कुरा गर्दा हामीलाई सोधनी सम्म नगर्नु उनीहरुको उपर्युल्लिखित मानवीय कमजोरीको पराकाष्टा हैन र ?

अहिले सिमा बिबाद उत्कर्षमा पुगेको छ । यी हेपाह प्रबिर्ती सिमा समस्या तथा स्थानीय समुदायले भोग्नुपरेको घटनाले पुरै देश लाई दुखेको छ । लकडाउनको मौका छोपी भारतले नेपालको भुमि अतिक्रमण बढाए पछी देश तथा बिदेशमा रहेका नेपालीहरु निकै आक्रोसित भएका छन् ।  भारतीय  रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्स मार्फत धर्चुला – लिपुलेक लिंक रोड उद्घाटन गरेपछि नेपालमा सर्बत्र बिरोध भएको छ ।

भारतले ‘सन् १८१६ को सुगौली सन्धिले लिम्पियाधुरा बाट बग्ने नदीलाई महाकाली नदी भने पनि महाकाली सन्धि ताका लिपुलेकको मुहानबाट बगे कै लाई सीमा नदी मानेकोले डाँडैडाँडाको सिमानाङ्कन गरी छुट्याइएको कालापानी भूभाग तिमीहरु कै हो, मानसरोवर जाने–आउने र चीनसँग बन्द व्यापार गर्ने मार्ग निर्माणमा सम्भाव्यता अध्ययन गर्दा केही भाग कालापानीमा पऱ्यो, लिपुलेक क्षेत्रको विवादित भूमिका विषयमा इ. पि.जी. समुहले भारतीय प्रतिक्रियावादी सरकारलाई समस्या छिटो सुल्झाउन दुइ देश स्तरिय सम्मिलित समितीले धेरै खोज अध्यन गरेर बनाएको प्रतिबेदन आग्रह गरेको धेरै भईसकेको छ तर मोदी सरकारले प्रतिबेदन बुझ्न नै आलटाल गरिरहेको गरिरहेको अन्तर्ह्य यतिबेला छर्लङग भएको छ । 

सार्बभौमसत्ताको बिषय पनि सत्तामा को छ भनेर हेर्ने बिषय हो र ? हामीले आफ्नै भुमी दाबी गर्दा जसरी अहिले ‘पारी पट्टिका’ सम्पुर्ण मिडियाहरु एक मुख हुँदै हातै धोएर खोइरो खनिरहेको बेलामा सो को प्रतीरक्षात्मक काउण्टरका साथ ‘आवाज बुलन्द’ पार्नका लागी यता वारी पट्टिका हाम्रा ‘कथित मुलधारका ठुला भनाउदा नेपाली मिडियाहरु’

सीमा विवादका सन्दर्भमा भारतीय टेलिभिजनमा आएका एक लौटी अन्तरवार्ता हरूमा नेपाली र भारतीय नागरिकहरूको एकप्रकारको ‘भर्चुअल वार’ भैरहेको छ । शायद सन २०१५ को  भूकम्पपश्चात भारतीय मिडियामा नेपालबारेका सामग्रीहरू यतिधेरै प्रसारित भैरहेको यो नै पहिलोपटक हुनुपर्छ । भारतिय जि न्युज ले त झन नेपाल र भारत बिच को पावर सेपेरशन गरेर हाम्रो अगाडी नेपाल सँग केहि छैन । हामी सँग बिश्व कै चौथो ठुलो सेना छ तर नेपाल सँग मुट्ठीभरका सेनाको टुकटी छ, हामी सँग यत्ती धेरै सम्पती छ, तर नेपाल यत्ती गरीब छ भनेर तुलना गर्नै भ्याइसक्यो । तर सबैले बुझ्नु पर्ने कुरा के हो भने रास्टृय अस्तित्व सबै को बारा बर हुन्छ । चाहे कोही सानो होस चाहे ठुलो नै । भारतको मूलधारको पत्रिका हिन्दुस्तान टाइम्सले त ‘नेपाल सुड रिकाउन्सिल टु रियालिटी’ शीर्षकमा सम्पादकीय नै लेख्यो । देशको सार्बभौमसत्तासंग जोडीएको नक्शा जारी भएको ऐतिहासिक घटना पनि हाल प्रकाशनमा रेहेका कतिपय दैनिकको आजसम्म पनि सम्पादकीयको बिषय बन्न सकेन/ बनाईएन ।

सार्बभौमसत्ताको बिषय पनि सत्तामा को छ भनेर हेर्ने बिषय हो र ? हामीले आफ्नै भुमी दाबी गर्दा जसरी अहिले ‘पारी पट्टिका’ सम्पुर्ण मिडियाहरु एक मुख हुँदै हातै धोएर खोइरो खनिरहेको बेलामा सो को प्रतीरक्षात्मक काउण्टरका साथ ‘आवाज बुलन्द’ पार्नका लागी यता वारी पट्टिका हाम्रा ‘कथित मुलधारका ठुला भनाउदा नेपाली मिडियाहरु’ चाही चू.. समेत नबोलेको देख्दा केहि अघी मात्र प्राधानमन्त्री ओलीले ब्यक्त गरेका “हाम्रा अधिकान्श ठुला मिडियामा मुटु भएका सम्पादक नभएको” अभिब्यक्ती वास्तब मै आज प्रमाणित भएको भावानुभुत हुँदैछ । भारतीय मिडियाको रवैयाको आलोचनामा उत्रिरहँदा केही दर्शक-पाठक नेपाली मिडियाले युद्ध छेडोस् भन्ने चाहना पोख्दैछन्। मिडियाको काम युद्ध छेड्ने होइन, युद्ध रोक्ने हो। शान्तिपुर्ण रूपमा, सचेतना बढाउँदै, संवादको वातावरणलाई प्रोत्साहन गर्नै पर्दछ । राष्ट्रीयताको सवालमा कहिल्यै नझुकेको हाम्रो शिर भारतीय मिडियाहरुले के बुझ्न सक्थे र ।

“भारतको खाना खाएर चिनको गाना गाएको” भनेर जसरि अहिले उछिटो खनी रहेको छ, त्यस्तो गर्न हामी लाई पनि आउछ भैया जी । तर हामी सन्स्कारी अनि सम्यमित छौ । हामी अरुलाई नराम्रो भन्दैनौ ।

 नेपाल-भारत सम्बन्धमा बिवाद पहिला पनि आए,गए। तर, यस पटक भारतको मिडिया र संजाले ट्रेन्डमा, नेपालीका प्रति जसरी कटु बोलिदै छ ; त्यसले भारतको जनस्तरमै नेपालीका बारे गलत छाप छोडदैछ । पहिला बिवाद हुदा , त्याहा यसरी व्यापक कटु स्तरमा टिप्पणी भएका थिएनन। यो अप्रिय र चिन्ताको बिषय हो । यी र यस्ता क्रियाकलापहरुले दुवै तर्फका सरकार तथा दुवै देशका जनता बिचको सम्बन्ध र भईचारामा ठेस पुगेको छ। 

अहिले जसरि नेपाली चेली मनिसा कोइराला माथी भारतिय नालायक मिडियाहरु जाइ लागेका छन त्यो कदापी सह्य हुन्न ।आफ्नो घर को माया सबै लाई हुन्छ्, हो मनिसा ले देखाएको पनि यत्ती त हो । “भारतको खाना खाएर चिनको गाना गाएको” भनेर जसरि अहिले उछिटो खनी रहेको छ, त्यस्तो गर्न हामी लाई पनि आउछ भैया जी । तर हामी सन्स्कारी अनि सम्यमित छौ । हामी अरुलाई नराम्रो भन्दैनौ । हाम्रो बिनम्रता अनि सहनसिलता लाई कमजोर ठान्ने ऐतिहासिक भुल नगरेको राम्रो भारतिय मिडियाले । भारतमा मनिसाले केवल श्रम बेचेको हो, स्वभिमान होईन ।

यो बेला “नक्सा निकालेको सरकारले होइन हाम्रो कर जोड बल ले पो हो त” भनेर हाम्रै भित्र का केहि नेताजी हरुले गर्दै गरेको बकबक लाई इतिहासले कुरी-कुरी भन्ला है । किनकि यो बेला सबै मिलेर सरकार लाई साथ दिइ आफ्नो गुम्न लागेको स्वभिमान फिर्ता ल्याउन पहल गर्नु पर्ने टड्कारो आवस्यकता हो । जसरी प्रतिपक्ष का नेता डा मिनेन्द्र रिजाल ले दुरासाय रुपमा प्रश्न सोध्ने भारतिय पत्रकार लाई राम्रै तरिका ले सबक सिकाए । भारतका पनि विश्व युवा संघले नेपालको पक्षमा बोल्नुले विश्व जनमत नेपालको पक्षमा रहेको अनुभूति गराएको छ ।

अगाडी बढ्दै गरेको नेपाल सरकारलाई हामी परदेशियाका लाखौ लाख नेपालीहरुको साथ छ । आफ्नो स्वभिमान रक्षा को लागी हामी जस्तो सुकै त्याग तपस्या र बलिदानी पनि गर्न तत्पर छौ । तर सुरुमा स्मार्ट डिप्लोमेसी मार्फत समाधान खोजौ, यदी त्यो पनि भएन हाम्रो पुर्खाको इतिहास भारतिय पक्षलाई सम्झाउन नै परे पनि सबै मिली सम्झाइ  दिउला ।

हो त्यसै गरी हामी पनि सबै जना लाग्नु पर्छ । यो बेला पार्टीगत कुरा गर्ने होइन । हामी सबै मिली सरकारलाई साथ दिने हो खुट्टा तान्ने होइन । जब राष्ट्रीयताका कुरा आउछ सरकारलाई पार्टीका नेताहरुले साथ दिने हो षड्यन्त्र रच्ने होइन , त्यसको चाही आयो, मेरो नामै आएन भनेर इर्स्यालु ब्यबहार देखाउने बेला होइन यो यो बेला सबै नेपाली एकजुट भएर भारतीय पक्ष बाट हुँदै गरेको ज्यादति अनि पारीका सन्चार माध्यामले छरीरहेको भ्रम र दुस्प्रचारको सबै मिलेर सामना गर्ने र आफुलाई कुटनैतिक रुपमा सबल र सक्षम सावित गर्ने बेला हो। भारतीय मिडियाको रोईलोलाई काउन्टर दिने र गुम्न लागेको हाम्रो आफ्नो अस्मिता लाई बचाउन लागी पर्ने बेला हो यो । 

अगाडी बढ्दै गरेको नेपाल सरकारलाई हामी परदेशियाका लाखौ लाख नेपालीहरुको साथ छ । आफ्नो स्वभिमान रक्षा को लागी हामी जस्तो सुकै त्याग तपस्या र बलिदानी पनि गर्न तत्पर छौ । तर सुरुमा स्मार्ट डिप्लोमेसी मार्फत समाधान खोजौ, यदी त्यो पनि भएन हाम्रो पुर्खाको इतिहास भारतिय पक्षलाई सम्झाउन नै परे पनि सबै मिली सम्झाइ  दिउला । हामी सत्य छौ, सत्यको  पक्षमा बिश्व एक भएर हामीलाई साथ र समर्थन गर्छ । भारत ठुलो छ, साधन स्रोत सम्पन्न छ, उसले दक्षिण यसिया कि सबै देशहरुको आफुलाई बाउ ठान्छ भने त्यो उसको ठुलो भ्रम हो । हेक्का रहोस सबै बाउहरुको बाउ अनिवार्य हुन्छ्, उसलाई हजुरबाउ भने जसरि हामिलाई समर्थन गर्न धेरै रास्ट्र अनि संयुक्त रास्ट्र सङ्घ पनि छदैछ । तसर्थ यो बेला सरकार ले नेतृत्वदायी भूमिका निर्वाह गर्ने हो अनि हामी सबै जनता हरुले सरकार लाई साथ सहयोग अनि हौसला प्रदान गर्ने हो । 

सदै भरी “जी भाइ साहेब्, जी भाइ साहेब” गरेर मुन्टो मात्रै हल्लाउने प्रधानमन्त्रीहरु इतिहासमा थिए पनि होलान तर अहिलेका प्रधानमन्त्री चट्टानी अडान भएका  तिन करोड जनाता को साथ प्यार्, भरोसा अनि स्वभिमान लिएर बनेका छन भने झण्डै झण्डै दुइ तिहाइ जनमतको बलमा अडिएको धरातल छ सरकारको । 

घरेलु राजनीतिक मुद्दामा विभाजित भए पनि देश, सार्वभौमिकता र नेपाली स्वाभिमानको मुद्दामा नेपाली सबै एक छौ भनेर देखाउने अवसर अहिले हामीलाई प्राप्त छ । लिम्पियाधुरा,लिपुलेक र कालापानी नेपालका अभिभाज्य भूभाग हुन् र रहनेछन् भन्ने मुद्दामा यतिवेला सिंगो देश जोडिदैछ । हामी कसैमाथि असमान/अपमानजनक व्यवहार गर्दैनौं, कसैले हामी माथि त्यस्तो गर्न खोजे कदापि सहन्नौं ! नेपालको स्वतन्त्र ,विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउन / अपमान गर्न खोजे नेपाली हरूले कदापि सहँदैनन् ।

नेपालीलाई एकताको सूत्रमा बाँध्ने यही भावनाद्वारा सँधै निर्देशित छौ हामी । भारतिय मिडियाको रुवाबासी सुन्दा लाग्छ नेपालले भारत विरुद्ध युद्ध सुरु गरेछ  । सदै भरी “जी भाइ साहेब्, जी भाइ साहेब” गरेर मुन्टो मात्रै हल्लाउने प्रधानमन्त्रीहरु इतिहासमा थिए पनि होलान तर अहिलेका प्रधानमन्त्री चट्टानी अडान भएका  तिन करोड जनाता को साथ प्यार्, भरोसा अनि स्वभिमान लिएर बनेका छन भने झण्डै झण्डै दुइ तिहाइ जनमतको बलमा अडिएको धरातल छ सरकारको । 

यतिबेला हामी बिवाद र बिसम परीथिती चाहदैनौ । केवल हामीलाई आफ्नो भुमी फिर्ता चाहियो भन्ने हो । जुन कालापानी मात्र होईन पुर्व देखी पश्चिम सम्मका लाखौ हेक्टर जमिन हडपेको छ भारतले, हो त्यो जग्गा फिर्ता चाहेका हौ हामीले । मिडियामा भारतिय पक्षले जसरि बोल्न र लेख्न हामी लाई पनि नआउने होइन तर हामी समस्याको स्मार्ट डिप्लोमेसी मार्फत सामाधान चाहेका हौ । 

(यो लेख लेखकको निजि विचार हो)

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

भिरपानीमा पसल जलेर नष्ट

Next Post

आज ३० जनामा कोरोना पुष्टि,संक्रमतिको संख्या ४ सय ८७,

Next Post
देशभरका ओपिडी सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

आज ३० जनामा कोरोना पुष्टि,संक्रमतिको संख्या ४ सय ८७,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...