Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, मृतकको सम्पर्कमा रहेका १४ जनामा कोराना पोजेटिभ

जनता भ्वाइस by जनता भ्वाइस
May 30, 2020
in समाचार
0
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्कको संख्या ५ पुग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेष्ठ, १७

दैलेख । दैलेखमा क्वारेन्टाइनमा बसेका एक युवकको शनिबार बिहान मृत्यु भएको छ । दुल्लु नगरपालिका–७ मा रहेको विद्युत् प्राविधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा बसेका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय कर्णबहादुर थापाको मृत्यु भएको हो ।

बिहान चिया बिस्कुट खाएर बसिरहेको अवस्थामा एक्कासी बेहोस भएका थापाको केही बेरमा मृत्यु भएको बताइएको छ ।

उनी १२ दिनअघि भारतबाट आएका थिए । क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थान जुम्लामा दुई दिनअघि पठाइसकेको छ ।

यसैगरी दैलेखको नारायण नगरपालिकामा थप १४ जनामा कोराना पोजेटिभ देखिएको छ ।

१७ देखि ५० वर्ष उमेर समूहका मानिसहरुलाई कोराना पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिए ।

उनीहरु सबै भारतबाट आएका हुन् । दैलेखमा कोरोना पुष्टि हुनेको संख्या ३० पुगेको छ ।

गएको १० दिनमा भारतबाट आएका झण्डै १४ हजार जनालाई दैलेखका विभिन्न विद्यालयहरुमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

दैनिक हजारौंको संख्यामा भारतबाट आउन थालेपछि क्वारेन्टाइनको व्यवस्थापनमा समस्या भएको बताइएको छ । फटइल फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रुकुमघटना प्रति संयुक्त राष्ट्र संघको चासो, सत्य तथ्य छानविन गर्न ध्यनाकर्ष

Next Post

रहेनन् रामेछाप घर भएका महानगरीय प्रहरी लुभुका इन्चार्ज टेकबहादुर माझी

Next Post
रहेनन् रामेछाप घर भएका महानगरीय प्रहरी लुभुका इन्चार्ज टेकबहादुर माझी

रहेनन् रामेछाप घर भएका महानगरीय प्रहरी लुभुका इन्चार्ज टेकबहादुर माझी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.