जेठ २८,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउ समयमै जारी गरिएकाले कोरोना फैलिना नपाएको दोहोर्याका छन् ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सांसदहरुले उठाएका प्रश्नको मन्त्रीहरुले जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो कुरा उल्लेख गरेका हुन ।
प्रधानमन्त्रीले जवाफ दिएलगत्तै सांसदहरुबाट प्रस्तुत भएका खर्च कटौती प्रस्तावहरु निर्णयार्थ पेश हुने छन् । यस्तै आजै विनियोजन विधेयक २०७७ का दफाहरु निर्णयार्थ पेश गर्ने तथा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ ।
यसैगरी अर्थमन्त्री खतिवडाले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (चौबिसौँ संशोधन) विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ । file Photo





