जेठ २९,
रामेछाप । बिहिबार नेपालमा आज थप २ सय ५० जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये २५७ जना पुरुष र २२ महिला रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ४ हजार ६ सय १४ जना पुगेको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
त्यस्तै कर्णालीमा बिहिबार थप ५५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल नेपालको ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । १५ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । नयाँ संक्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेको उनले बताए । डिस्चार्ज हुनेको कुल संख्या हालसम्म ८ सय ६१ पुगेको छ । file photo





