Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ पुग्यो : हिजो एकैदिन ३ जनाको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
June 18, 2020
in समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ०४

रामेछाप । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ । बुधबार एकैदिन २ जनाको कोरोनाका कराण र एक जनाको मृत्युपछि कोरोना पुष्टि भएको छ ।

बुधबार कैलालीमा कोरोनाका कारण एक जनाको मृत्यु भएको हो भने, सुर्खेत र अर्घाखाँची जिल्लामा एक-एक जनाको मृत्यु पछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कैलाली जिल्लाको गोदावारी नगरपालिका ४ का ४६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमणका कारण मृत्य भएको सेती प्रदेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।  उनलाइ गएको शनिबार कोरोना पुष्टि भएको थियो ।

उनलाइ नवजीवन अस्पतालको आइसोलेशन वार्डमा उपचार हुँदा कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । आइसियुमा राखेर उपचार भइरहेकामा हिजो (बुधबार) साँझ मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

उता सुर्खेतमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । सुर्खेतमा झुन्डिएको अवस्थामा भेटिएकी युवतीको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । युवतीको मृत्युपछि गरिएको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

सुर्खेतको सिम्ता गाउँपालिका ८ घर भएकी २५ वर्षीया युवतीको शव असार १ गते झुन्डिएको अवस्थामा भेटिएको थियो । पोस्टमार्टम गर्नु अघि भएको पीसीआर परीक्षणमा बुधबार रिपोर्ट पोजिटिभ आएको डा. तिवारीको भनाइ छ ।

मृतक युवती जेठ १२ गते भारतबाट श्रीमान र तीन वर्षकी छोरीसहित नेपाल फर्किएकी हुन् ।

त्यस्तै अर्घाखाँचीमा आत्महत्या गरेका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । शीतगङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उनी शीतगङ्गा –५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए । गत जेठ १० गते भारतबाट घर फर्किएका उनको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षणका लागि जेठ २४ गते स्वाब सङ्कलन भएको थियो । गए राति उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ । हिजो एकै दिन ४ जनाको मृत्यु भएको हो । यी तीन जनाको मृत्युको आधिकारीक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न भने बाँकी छ ।

यस अघि हिजो (बुधबार) हिजै दिउँसो स्वास्थ्य मन्त्रालयले नेपालगञ्जमा मृत्यु भएकी ४६ बर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टी भएको थियो ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, विरगञ्ज र पर्सामा एक एक जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या पनि हिजो आहिले सम्मकै उच्च संक्रमितहरु थपिएका थिए । हिजो एकैदिन ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ जना पुगेको छ । कोरोना जित्नेको सख्या भने तुलनात्मक रुपमा निकै कम छ । हिजो सम्म नेपालका निको हुनेको संख्या कुल १ हजार १ सय ६८ जना पुगेको छ । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बजेटले बागमती प्रदेशलाई पहिलो बनाउने : मन्त्री ढुंगेलको दाबी

Next Post

युभेन्टसलाई ४–२ ले पराजित गर्दै नापोलीले जित्यो कोपा इटालियाको उपाधि

Next Post
युभेन्टसलाई ४–२ ले पराजित गर्दै नापोलीले जित्यो कोपा इटालियाको उपाधि

युभेन्टसलाई ४–२ ले पराजित गर्दै नापोलीले जित्यो कोपा इटालियाको उपाधि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.