असार ११,
काठमाडौं । ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उनलाई यसअघि नै परीक्षणका क्रममा कोरोना देखिएको थियो। काठमाडौंमै बस्दै आएका उनको स्थायी ठेगाना चितवन हो । अस्पतालका अनुसार ती संक्रमितले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका थिए।
उनीसहित नेपालमा हालसम्म कोरोनाका कारण २६ जनाले ज्यान गुमाएका छन्। आजै बिहान एक जनाको मृत्यु भएको हो । यो सहित नेपालमा कोरोना संक्रमणका ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । आज एकै दिन २ जनाको मृत्यु भएको हो । file Photo





