Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

टेलिकमको पनि मोबाइल वालेट आउने

जनता भ्वाइस by जनता भ्वाइस
August 5, 2020
in अर्थतन्त्र
0
टेलिकमको पनि मोबाइल वालेट आउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल टेलिकमले भुक्तानी सेवा प्रदायक (पीएसपी) को काम सुरु गरेको छ । नेपाल टेलिकमले मोबाइल फाइनान्स सर्भिस (एमएफएस) नामको सेवाको लागि प्रक्रिया सुरु गरेको हो । यसका लागि नेपाल राष्ट्र बैंकबाट आशयपत्र समेत पाइसकेको छ ।

टेलिकमले नेपाल डिजिटल पेमेन्ट कम्पनी नामको छुट्टै सहायक कम्पनी स्थापना गरेको छ । सो कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकको समेत आंशिक लगानी छ । सो कम्पनीलाई नेपाल राष्ट्र बैंकले पीएसपी लाइसेन्सका लागि आशयपत्र दिएसँगै त्यस्तो सिस्टम खरिदका लागि कम्पनीले प्रस्ताव आह्वान गरिसकेको छ ।

कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत निर्मल श्रेष्ठले आफूहरु सरकारी स्वामित्वका कम्पनीहरुको लगानी भएको कम्पनी भएकोले सरकारी भुक्तानीहरुलाई व्यवस्थित गर्ने हिसाबले बजारमा आउन लागेको बताए । भुक्तानी सेवा प्रदायक नै भएपनि आफ्नो मूल कम्पनीसँगको सहकार्यमा भुक्तानी सेवालाई विस्तार गर्ने र यसलाई विश्वसनीय बनाउँदै लैजाने योजना रहेको समेत उनको भनाई छ ।

१ अर्ब रुपैंया अधिकृत पुँजी भएको सो कम्पनीको जारी पुँजी भने हालसम्म ४० करोड रुपैंया मात्रै छ । पूर्वाधार पूरा गरेर राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिएसँगै यसले बजारमा भुक्तानी सेवाको काम सुरु गर्नेछ । मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको अनुमति बन्द गरेको छ । तर, आफूहरुले एलओआई पाइसकेकोले मौद्रिक नीतिको उक्त व्यवस्था आफूहरुलाई आकर्षित नहुने श्रेष्ठको दाबी छ । अहिले बजारमा आईएमई पे, इसेवा, सेलपे, खल्ती, प्रभुपे जस्ता १४ डिजिटल भुक्तानी सेवा प्रदायकले सञ्चालन अनुमति पाएका छन् । रातोपाटीले लेखेकोछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रेलवेको टेन्डर प्रक्रिया रोकियो

Next Post

यही शैक्षिकसत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने

Next Post
यही शैक्षिकसत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने

यही शैक्षिकसत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.